Subscribe Twitter FaceBook

Pages

Monday, August 8, 2016

नेपाली समाज युएईको कल्याणकारी कोषमा दाताहरु बढ्दै

Advertisements:

Nepali-Samaj-UAE


दुबई । नेपाली समाज युएईको कल्याणकारी कोषमा उल्लेख्य दाताहरुले सहयोगको प्रतिबद्धता गरेका छन् । ‘प्रार्थना गर्ने ओठभन्दा सहयोग गर्ने हात महान् हुन्छन्’ भन्ने भनाईलाई आत्मसाथ गर्दै समाजले २६ औं वार्षिकोत्सवको अवसर पारेर कल्याणकारी कोष घोषणा गरेको थियो ।


युएईको सबैभन्दा पहिलो सामाजिक संस्था नेपाली समाजको यस कल्याणकारी कोषको सफल परिचालनका लागि युएईका अघिकांश नेपाली संघ संस्था, नेपाली व्यावसायी तथा सर्वसाधारण नेपालीहरुले आर्थिक सहयोग गर्ने क्रम जारी रहेको समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले बताए ।


गत ५ अगस्ट, शुक्रबारका दिन मजदुरहरुको बाहुल्य रहेको अलकुजको एक लेबर क्याम्पमा समाजको २६ औं वार्षिकोत्सव विविध साँस्कृतिक कार्यक्रमका साथ मनाइएको थियो । युएईमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न भनी समाजले १ लाख दिराम्स (करिब तीस लाख रुपैयाँ)को कोष स्थापना गर्ने लक्ष्य अनुरुप सोही दिन कल्याणकारी कोषको घोषणा गरेको समाजका महासचिव मणि भुर्तेलले जानकारी दिए ।


उक्त कोषमा युएईका पुराना नेपाली व्यावसायी डा. दिनेश आचार्यले १० हजार दिराम्स (करिब ३ लाख रुपैयाँ) सहयोगको प्रतिबद्धता गरे ।


Nepali-Samaj-UAE-1


नेपाल पत्रकार महासंघ, युएई शाखाले १ हजार दिराम्स र नमस्ते ट्राभल्सको तर्फबाट सञ्चालक एकेन्द्र थापाले पनि १ हजार दिराम्स दिने घोषणा गरेका छन् ।


एनआरएनए युएईका केन्द्रीय प्रतिनिधि गोपाल कँडेलले दुई सय दिराम्स सहयोगको घोषणा गरे भने नेपाल एयरलाइन्सको तर्फबाट दुई ओटा टिकट कल्याणकारी कोषका लागि सहयोग घोषणा गरिएको थियो ।

कार्यक्रममा अन्य संघ संस्थाका प्रतिनिधिहरुले पनि सहयोग गर्ने प्रतिबद्धता गरे भने कार्यक्रमका लागि विभिन्न व्यावसायी र संस्थाले प्रायोजन गरेका थिए ।


सामाजिक मुद्दाहरुमा यहाँका सबै नेपाली संघ संस्थाहरुसँग सहकार्य गर्ने एनआरएन एनसीसी युएईका अध्यक्ष सुदिप कार्कीले बताएका छन् । नेपाली समाजको रचनात्मक कार्यको सराहना गर्दै कार्यक्रममा उपस्थित अघिकांश संस्थाका प्रतिनिधिहरुले कोषको वृद्धि तथा परिचालनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।


समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास युएईका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन रहेका थिए भने विषेश अतिथि नेपाली दूतावास युएईका श्रम काउन्सिलर भेषबहादुर कार्की थिए ।


Nepali-Samaj-UAE-2


अतिथिहरुमा एनआरएनए युएई, पत्रकार महासंघ युएई, जनजाति महासंघ युएई, विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरु, जिल्ला संस्थाहरुका प्रतिनिधिहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र व्यावसायीहरु थिए । कार्यक्रममा उल्लेख्य संख्यामा सर्वसाधारणहरुको उपस्थिति थियो ।


औपचारिक र साँस्कृतिक कार्यक्रमलाई मौलिक तरिकाले संयुक्तरुपमा सञ्चालन गरिएको थियो । औपचारिक कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि टन्डनले समाजिक कार्यमा दूतावासले सबै नेपाली संस्थाहरुसँग सहकार्य र सहजीकरणका लागि आहृवान गरे । उनले कल्याणकारी कोष स्थापना गर्ने कार्यको प्रशंसा गर्दै निरन्तरता र सबैको सहयोगको खाँचो औल्याए ।


कार्यक्रममा दूतावासका काउन्सिलर कार्की एनआरएन आइसीसी सदस्य गोपाल कँडेल, एनआरएनए युएई अध्यक्ष सुदिप कार्की, जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष हेमन्त पौडेल, बिजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, जिल्ला संस्थाहरुको प्रतिनिधित्व गर्दै पथरी मोरङका कृष्ण पौडेल, नेपाल विश्व सहयोग संगठन युएईका अध्यक्ष गोविन्द ढकाल, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईका प्रतिनिधि आशिष पुरुष लगायतले नेपाली समाजलाई शुभकामना र बधाई दिँदै सहकार्यको लागि प्रतिबद्धता जाहेर गरेका थिए ।


Nepali-Samaj-UAE


समाजका महासचिव मणि भुर्तेल, रमेश क्षितिज र दीपिका ज्ञवालीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि, सभापति, विशेष अतिथि, अतिथिहरुले संयुक्त रुपमा २६ ओटा मैनबत्ती बालेर कार्यक्रम उदघाटन गरेका थिए । समाजका महासचिव भुर्तेलले समाजले १४ महिनासम्म गरेका विवरणहरुको प्रतिवेदन पेस गरेका थिए ।


कार्यक्रमबाट संकलित रकम युएईमा हुने गरेका विविध समस्याहरुको समाधानका लागि कल्याणकारी कोष २०१६ स्थापना गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रमहरुमा कोषको लागि सहयोग संकलन पनि भएको छ ।


साँस्कृतिक कार्यक्रम अन्तर्गत युएईमा रोजगारीको सिलसिलामा रहेका विभिन्न कलाकारहरुको रोचक गीत, नृत्य तथा व्यंग्यात्मक प्रस्तुति थियो । कार्यक्रमको सुरुमा मगर संघ युएईको तर्फबाट मौलिकता झल्कने पञ्चेबाजा, मगर झाँकी कौरा प्रस्तुत गरिएको थियो ।


त्यसैगरी गायकहरु रामप्रसाद ढकाल, हरि डुम्रे, सुदिप गैरे र छविकिरण भट्टराईको गीतले दर्शकलाई छमछमी नचाएको थियो । अनुराग थपलिया र अनुपमाको अभिनय नृत्यले पनि राम्रै ताली पायो । रक्तिम साँस्कृतिक अभियान युएईका कलाकारहरु सीता श्रीस र डम्बरको अभिनय र गीतले दर्शकलाई भावुक बनायो ।


राज जिएमको गीत र झापाली समाज युएईका कलाकारहरु पारस लामा र नीलाम्बर भटराईको प्रस्तुतिले दर्शकहरु नचाएको देखिन्थ्यो । दिपक गुरुङको नृत्य, पत्रकार निर्भिक नारायणको गजल र शिव सापकोटाको हास्यव्यंग्यले कार्यक्रमलाई रोचक बनाएका थिए । नेवा पुचःको तर्फबाट प्रस्तुत गरिएको लाखे नाचले पनि कार्यक्रमलाई विशेष बनाएको थियो ।


बाल कलाकारहरु दिया कुँवरको बेजोड नृत्यले सबैलाई प्रभाव पारेको थियो भने गुराँस ढकालको नृत्य पनि कम थिएन । दुबै बालकलाकारहरुको नृत्यबाट प्रभावित भएर कार्यक्रमका अतिथि डा. दिनेश आचार्यले एक-एक हजार दिराम्स (करिब तीस हजार रुपैयाँ) हौसलास्वरुप प्रदान गरेका थिए ।


कार्यक्रममा शेर्पा किंदुग युएईका कलाकारहरुको मौलिक प्रस्तुति रह्यो भने कलाकार चुमन काउछा लगायत अन्य कलाकारहरुको प्रस्तुति रहेको थियो ।


कार्यक्रम समापन गर्दै सभापति सापकोटाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएका थिए । साथै उनले युएईमा कल्याणकारी कोष स्थापना गरी प्रभावकारी तरिकाले सञ्चान गर्ने अभियानमा नेपाली समाज रहेको जानकारी दिए । उनले नेपाली दूतावास युएई, युएईमा क्रियाशील सम्पूर्ण नेपाली संघ संस्थाहरुलाई सहयोग र सहकार्यको लागि अपील गरे ।


पूर्वनिर्धारित कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्न नपाएकोमा केही कलाकारहरुले गुनासो गरेका थिए भने औपचारिक कार्यक्रममा एनआरएनलाई कम महत्व दिएको, गाउँस्तरको समाजलाई जिल्ला संस्थाको नेतृत्व गर्दै सम्बोधन गर्न मञ्चमा बोलाइएकोमा जिल्ला संस्थाहरुले आलोचना गरेका थिए । कार्यक्रम करिब दुई घन्टा ढिलो सुरु भएकोमा सबै प्रस्तुतिहरु हेर्न नपाएको अबुधाबी र रास अल खेमाका दर्शकहरुको प्रतिक्रिया थियो ।


यसैबीच कार्यक्रममा नेपाली दर्शकहरुमाथि कुटपिट भएको भन्ने एक अनलाइनमा प्रकाशित गलत समाचारको समाजले खण्डन गरेको छ । सामान्य विवादलाई अतिरन्जित गरी समाजको लोकपि्रयताबाट तर्सिएका नकारात्मक सोच भएका केही गलत प्रवृत्तिका व्यक्तिहरुको अफवाहको पछि नलागी कल्याणकारी कोषको सफल परिचालन गर्न समाजले चाँडै समीक्षा कार्यक्रम गर्ने बताएको छ ।


करिब ६ सय दर्शक उपस्थित रहेको उक्त कार्यक्रम युएईमा पछिल्लोपटक आयोजना भएको सफल कार्यक्रमको रुपमा धेरैले टिप्पणी गरेका छन् ।



नेपाली समाज युएईको कल्याणकारी कोषमा दाताहरु बढ्दै
Advertisements:

0 comments:

Post a Comment

Recent Posts