Subscribe Twitter FaceBook

Pages

Sunday, August 7, 2016

इडिनबर्ग फेस्टिवल सुरु , नेपाल आर्मी ब्याण्डको प्रस्तुति

Advertisements:

edenburg festival


लण्डन । बिश्वमै चर्चित इडिनबर्ग फेस्टिवल शुक्रबारबाट स्कटल्याण्डमा शुरु भएको छ ।


फ्रिंज फेस्टिवलको नामले चिनिने यस संगीत र कलाको महाउत्सबमा नेपाली आर्मीको ब्याण्डले पहिलो पटक सहभागिता जनाएको छ ।


अगस्ट २७ सम्म चल्ने यस फेस्टिवलमा भाग लिन दुइ साता अघि नै ५० जना सम्मिलित नेपाली सेनाको ब्याण्ड बेलायत आएको थियो । केहि दिनको प्रशिक्षण र रिहर्शल पुरा गरेको नेपाली सेनाले महोत्सब अबधिभर आफ्नो प्रस्तुति दिने ब्याण्डका प्रमुख कर्नेल अमुल कार्कीढलीले जानकारी दिए ।


रोयल मिलिटरी टाटुको सयहोगमा भाग लिन पाउदा खुसि ब्यक्त गर्दै अमुल भन्छन – ‘ यो मेरो व्यक्तिगत खुशी मात्र होइन प्रतिनिधि राष्ट्र नेपालको गौरब पनि हो ।” महोत्सबको बारे थप जानकारी दिदै उनले भने – “आफ्नो प्रस्तुति हेरिसकेपछि मूल आयोजक ले हाम्रो मौलिक बाजा नारासिम्हा बाट नै महोत्सव को शुरु गर्न लागेको ले पनि हामी झनै उत्साहित छौ “


इडिनबर्ग फेस्टिवल


आकर्षक पर्यटकीय गन्तब्य स्कटल्याण्डको संस्कृतक महोत्सव हो इडिनबर्ग फेस्टिवल । स्कटल्याण्ड राजधानीमा हुने यो महोत्सव बिश्वमै ठुला महोत्सव मधेको एक हो ।


सन् १९४७ बाट अनुपचारिक रुपमा शुरु भएको एस महोत्सवमा घरेलु र संसार भरिका लाखौ दर्शकले अवलोकन गर्छन  । अगस्ट महिनामा ३ साता सम्म सुचारु हुने यस महोत्सबमा यस वर्ष २९४ फरक ठाउँ हरुमा ३ हजार बढी प्रस्तुतिहरु हुने र दुइ लाख भन्दा बढी प्रत्यक्ष दर्शक हुने अपेक्षा गरिएको छ ।


रोयल मिलिटरी टाटु


इडिनबर्ग फेस्टिवलको महत्वपूर्ण प्रस्तुति हो रोयल मिलिटरी टाटु । ४८ देशका बाध्यबधकले प्रस्तुति दिने यस उत्सब ५० लाख भन्दा बढी दर्शकले हेर्ने छन् ।


इडिनबर्ग क्यासल अगाडीको प्रांगणमा देखाइने मिलिटरी टाटुमा ५ ब्रिटिश मिलिटरी ब्याण्ड , २५० स्कटिश पाइपर र ड्रमरका साथै अन्तरास्ट्रिय प्रस्तुतिहरु हुनेछन , साथमा प्रसिद्द ड्यानी बोयलको टिमको लाइट शो हुनेछ ।


नेपालको प्रस्तुति


रोयल मिलिटरी टाटु अन्तर्गत नै नेपाली सेनाले आफ्ना कार्यक्रम प्रदर्शन गर्न लागेको हो । आइतबार बाहेक हरेक दिन बेलुकी ०९३० मा नेपाली सेनाको प्रस्तुति रहने छ ।


करिब ७ मिनटको यो प्रस्तुतिलाई नेपाली सेनाले आफ्नै मौलिक तरिकाले तयारी गरेको छ । शो सारंगीको धुन बाट शुरु हने छ । लगत्तै रातो र चन्द्र सुर्य भन्ने धुन मा नौमती बाजा बज्ने छ र जय जन्म भुमि भन्ने धुन संगै बेलायती र नेपाली झन्डा प्रतीकात्मक सगरमाथामा फ़हराइनेछ । अन्तमा भने बीर गोर्खालीको गाथा स्वरुप यो नेपाली शिर उचाली भन्ने धुनमा खुकुरी नाच प्रदर्शन गरिने छ ।



इडिनबर्ग फेस्टिवल सुरु , नेपाल आर्मी ब्याण्डको प्रस्तुति
Advertisements:

0 comments:

Post a Comment

Recent Posts