फ्रान्स । नेपाल पर्यटन बोर्डले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद फ्रान्सको अध्यक्ष भक्त वाग्लेलार्इ फ्रान्सको लागि पर्यटन प्रवर्द्धन दुतमा नियुक्त गरेको छ ।
नेपालको पर्यटन बिकाश गर्नको लागि विदेशी पर्यटकमाझ नेपाल एउटा उत्तम गन्तब्य हो भनेर चिनाउन र फ्रान्सबाट जति सक्दो धेरै पर्यटक नेपाल भित्राउन पहल गर्नका नियुक्ति दिइएको हो।
दुर्इ बर्षे कार्यकालको जिम्मा पाएका वाग्लेले संक्षिप्त प्रतिक्रिया दिँदै सबैसँग मिलेर आफुले पाएको जिम्बेवारी पुरा गर्ने बताए ।
वाग्लेसँगै बेल्जियमको लागि शिबकुमार बरुवाल र स्पेनको लागि दिपक खरेल पनि पर्यटन प्रबर्द्धन दुतमा नियुक्त भएका छन् ।
एनआरएन फ्रान्स अध्यक्ष भक्त वाग्ले पर्यटन दुतमा नियुक्त
0 comments:
Post a Comment