२२ साउन, काठमाडौं । भारतको कोलकातामा जारी दोश्रो अन्तर्राष्ट्रिय कराते च्यापिम्पयनसिपको पहिलो दिन नेपाली खेलाडीले ३ स्वर्ण जितेका छन् ।
पुरुषतर्फ पर्शुराम बाँस्तोला र महिलामा सरिता श्रेष्ठले एकल कातामा नेपाललाई स्वर्ण दिलाए । पर्शुरामले बंगलादेशलाई ५-०, सिंगापुरलाई ३-२ तथा भारतलाई ५-० ले पराजित गरे । सरिताले भारतलाई ३-२, सिंगापुरलाई ४-१ तथा बंगलादेशलाई ५-० ले हराइन् ।
महिला ५० केजीमा स्वर्ण जितेकी एलिसा लामाले फाइनलमा बंगलादेशकी खेलाडीलाई ४-२ ले पाखा लगाएकी थिइन् । त्यसअघि एलिसाले भारतलाई ८-० र सिंगापुरलाई ५-४ ले पन्छाएको भारतबाट स्वर्ण विजेता पर्शुरामले पठाएको इमेलमा उल्लेख छ ।
पुरुष ६७ केजीमा मोहन कार्कीले कांस्यमा चित्त बुझाए । पहिलो चरणमा भारतलाई ६-० ले निराश पारेका मोहनले क्वाटरफाइनलमा बंगलादेशी खेलाडीलाई ४-२ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेका थिए । सेमिफाइनलमा मोहन सिंगापुरका खेलाडीसँग ४-६ ले चुकेपछि कांस्यमा सीमित भएका हुन् ।
नेपालका पर्शुराम, सरिता र एलिसालाई स्वर्ण
0 comments:
Post a Comment