Subscribe Twitter FaceBook

Pages

Tuesday, August 16, 2016

उकालोमा इन्जिन बन्द हुँदा बस भीरबाट खस्यो, ३२ को मृत्यु

Advertisements:

Kavre-Bus-Accident-1


३१ साउन, बनेपा । काभ्रेको बिर्ता देउरालीमा सोमबार भएको बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना भन्दा बढी घाइते भएका छन् ।


काठमाडौंबाट दोलालघाटको मादनकुदारी जाँदै गरेको बा३ख १०६ नम्बरको बस दुर्घटनामा परेको हो । अरुण यातायातको बसमा यात्रुहरु खचाखच भरिएको थियो र छतमा समेत बसेका थिए । साथै बसले चामलसहितका खाद्य वस्तु पनि बोकेको थियो ।


अध्याधिक लोड भएको बस खहरे खोलाको उकोलोमा एक्कासी इन्जिन बन्द हुन पुग्यो । घाइतेहरुले बताए अनुसार चालकले स्टार्ट गर्ने योजनाका साथ ब्याक गरेका थिए । तर, ब्रेक लागेन र बस सडकबाट झण्डै ३ सय मिटर तल खस्यो ।


भिरमा बस खसेका कारण टुक्रा टुक्रा भएको थियो । पाखै भरी मृतकको शव र घाइते यात्रुहरु थिए । दुर्घटनाको खबर पाएसलगतै पुगेका स्थानीयबासी उद्धारमा जुटेका थिए भने केही समयपछि प्रहरी टोेली पनि पुगेको थियो ।


उद्धारमा खटिएका पुष्पकरराज पन्थले अनलाइनखबरसँग भने ‘घाइतेहरु पाखै भरी थिए । ऐया, दुख्यो भन्दै गुहार मागिरहेका थियौं । हृदयविदारक थियो त्यहाँको दृश्य ।’ उनका अनुसार भीरमा खसेकाले बस पनि टुक्रा टुक्रा भएको थियो ।


हेलिकोप्टरबाट उद्धार


बस दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । २८ जनालाई काठमाडौं ल्याइएको हो । उनीहरुको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


१५ जनाको भने धुलिखेलमा उपचार भइरहेको छ । उनीहरुलाई एम्बुलेन्समार्फत धुलिखेल ल्याइएको थियो ।


दुर्घटनाको खबर पाए लगतै प्रधानमन्त्री प्रचण्डले तत्काल उद्धार गर्न गृह मन्त्रालयलाई भनेका थिए ।


गृहमन्त्री अस्पताल पुगे


दुर्घटनाका घाइतेहरुलाई भेट्न उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि दुबै अस्पताल पुगेका छन् । उनीसँगै गृह सचिव र सुरक्षा निकायका प्रमुखहरु थिए ।


गृहमन्त्री निधिले घाइतेहरुसँग बस दुर्घटना कसरी भयो भनेर सोधेका थिए । अधिकांशले धेरै यात्रु धेरै यात्रु भएको र उकालोको स्टार्ट बन्द भएपछि खसेको बताएका छन् ।


गृहमन्त्री निधिले घाइतेको उपचारमा कुनै कमी हुन नदिने बताए । बस व्यवसायीहरुले मृतकलाई ५ लाख र घाइतेको उपचार गर्ने व्यवस्था रहेको भन्दै उनले त्यसो भएर सरकारले उपचार गर्ने बताए । उनले भने, उपचार खर्च अभाव हुँदैन ।’


साथै उनले छानविन समिति बनाएर घटनाबारे अनुसन्धान गर्ने समेत बताएका छन् ।



उकालोमा इन्जिन बन्द हुँदा बस भीरबाट खस्यो, ३२ को मृत्यु
Advertisements:

0 comments:

Post a Comment

Recent Posts