Subscribe Twitter FaceBook

Pages

Monday, August 8, 2016

प्रधानमन्त्री प्रचण्डले भने- खटाइ पुगेन, अझै धेरै काम गरौं

Advertisements:

Pushpakamal-Dahal-Prachanda


२४ साउन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुलाई सामान्य अवस्थामा भन्दा फरक तरिकाले काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा कार्यरत सबै कर्मचारीहरुलाई सोमबार बोलाएर प्रधानमन्त्री प्रचण्डले कार्यालयको भूमिका प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।


कर्मचारीहरुलाई जनताले परिवर्तन महसुस गर्ने गरी खट्न र त्यसका लागि पहिलेको जस्तो मिहिनेतले नपुग्ने भन्दै थप काम गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए ।


निर्देशन दिने क्रममा प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको कार्यालय तालुक कार्यालय भएकाले रोलमोडलको रुपमा प्रस्तुत हुनुपर्ने बताएका थिए ।


यस्तै उनले मुलुकलाई समृद्ध बनाउने विकास आयोजनाको अनुगमन प्रभावकारी बनाउन, जनताले आफ्नो नजिकबाट सेवा पाउने स्थितिको सुरुवात गर्नेगरी काम गर्न निर्देशन दिएका थिए ।


आइतबार सचिवहरुलाई दिएको निर्देशन दोहोर्‍याउँदै प्रधानमन्त्री दाहालले आर्थिक समृद्धि, संविधान कार्यान्वयन, पुनर्निर्माण र नवनिर्माण तथा शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको भन्दै त्यहिअनुसार काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।


सो अवसरमा मुख्य सचिव डा. सोमलाल सुवेदीले प्रधानमन्त्री कार्यालयले अहिलेसम्म गरेको प्रगति, प्रधानमन्त्री कार्यालयको योजना र समस्याबारे जानकारी गराएका थिए ।



प्रधानमन्त्री प्रचण्डले भने- खटाइ पुगेन, अझै धेरै काम गरौं
Advertisements:

0 comments:

Post a Comment

Recent Posts