Subscribe Twitter FaceBook

Pages

Monday, August 8, 2016

सेक्युरिटी सेवा समाज युएईद्वारा मृतकका परिवारलाई सहयोग

Advertisements:

२४ साउन, युएई । करिब २ महिनाअघि निधन भएका लभ सुवेदीको परिवारलाई नेपाली सेक्युरिटी सेवा समाज युएई र झापाली समाज युएईको संयुक्त पहलमा ९८ हजार रुपैयाँ आर्थिक सहयोग वितरण गरिएको छ ।


Help-to-Subedi-Familyविगत ३ वर्षदेखि दुबई जेबलअलीको टप वान सेक्युरिटी सर्भिस कम्पनीमा कार्यरत झापा चन्द्रगढीका सुवेदीको १६ जुन २०१६ मा निधन भएको थियो ।


निजकी श्रीमती, ५ वर्षे छोरा र आमा छन् । कमाइ गर्ने मान्छेकै मृत्युले आश्रित परिवारलाई पर्न सक्ने समस्यालाई ध्यानमा राखी यो सहयोग गरेको सेक्युरिटी समाज युएईका महासचिव प्रकाश सिग्देलले बताए ।


युएईमा रहेका विभिन्न सेक्युरिटी कम्पनीमा कार्यरत नेपालीहरु र विभिन्न इमिरेटमा रहेका झापाली समाजका प्रतिनिधिहरु तथा सर्वसाधारण नेपालीहरुबाट संकलन गरिएको सहयोग रकम गत साउन २२ गते शनिबार मृतक सुवेदीको घरमै प्रदान गरिएको हो ।


रकम हस्तान्तरण कार्यक्रममा नेपाली सेक्युरिटी सेवा समाज युएईका सल्लाहकार कृष्ण प्याकुरेल र नारायण पराजुली, झापाली समाज युएईका तर्फबाट केन्द्रीय सचिव शान्ता नेम्वाङ उपस्थित थिए ।


युएईमा श्रमरत नेपाली सुरक्षाकर्मीहरुबीच एकता र सहयोगको भावनाले स्थापित नेपाली सेक्युरिटी सेवा समाज युएईमा निधन भएका सुरक्षाकर्मीहरुलाई राहत बाँड्नमा सक्रिय देखिन्छ ।


यसअघि झापाली समाज युएईले मृतकको परिवारलाई ५१ हजार रुपैयाँ सहयोग गरिसकेको छ भने युएईमै रहेको अर्को एक झापालीहरुको समूहले पनि १७ हजार रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ ।



सेक्युरिटी सेवा समाज युएईद्वारा मृतकका परिवारलाई सहयोग
Advertisements:

0 comments:

Post a Comment

Recent Posts