Subscribe Twitter FaceBook

Pages

Tuesday, August 9, 2016

विराजको ‘जय परशुराम’लाई ‘पीजी’

Advertisements:

biraj bhatta and nisha adhikari

आउँदो शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘जय परशुराम’लाई चलचित्र सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ । साउन २८ गते शुक्रबारबाट यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ ।


रोज रानाले निर्देशन गरेको यो चलचित्रमा विराज भट्ट, नीशा अधिकारी, रविन तामाङ मुख्य भूमिकामा छन् । पूर्ण रुपमा एक्सन प्रधान यो चलचित्रलाई हेर्नका लागि १६ बर्ष तलका बालबालिकाले बाबुआमालाई पनि हलमा लैजानु पर्ने हुन्छ ।


निर्माता तथा निर्देशक राणाले चलचित्र हेरेपछि सेन्सर बोर्डबाट पनि राम्रो प्रतिक्रिया आएको बताए । ५ बर्षपछि नायक विराज भट्टको कमब्याक भएकाले पनि अहिले दर्शक यो चलचित्रलाई लिएर उत्साहित छन् ।



विराजको ‘जय परशुराम’लाई ‘पीजी’
Advertisements:

0 comments:

Post a Comment

Recent Posts