Subscribe Twitter FaceBook

Pages

Tuesday, August 9, 2016

एनआरएन स्पेनको सक्रियता, पाईसभास्कोमा क्षेत्रीय समिति गठन

Advertisements:

nrna spain


बार्सिलोना ।  गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आफ्नो सक्रियता देखाएको छ।


स्पेनस्थित पाईस भास्कोमा  क्षेत्रीय समिति गठन गर्दै संघले सक्रियता देखाएको हो। संघले पाईसभास्कोको बिल्बाउ ,भिक्तुरिया र सान सबस्टियान गरी तिन क्षेत्रलाई समेटेर पाईस भास्को क्षेत्रिय कमिटी गठन गरेको हो ।


आईतबार एक भेलाको आयोजना गर्दै राम प्रसाद दाहालको अध्यक्षतामा बिल्बाउमा एनआरएनए स्पेनको क्षेत्रीय समिति गठन भएको छ। राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ्को नेतृत्वमा बार्सिलोनाबाट गएको संघको एक टोलिले बिल्बाउको नेपाली समुदायसँग छलफल गरे पछि समिति क्षेत्रीय गठन भएको हो।


एनआरएन क्षेत्रीय समिति बिल्बाउको उपाध्यक्षहरुमा नवराज लामिछाने ,कृष्ण प्रसाद सिग्देल र दयाराम भट्टराई रहेका छन्। यस्तै समितिको सचिव दिपेन्द्र प्रकाश अर्याल , सह सचिव प्रकाश बाबु त्रिपाठी ,कोषाध्यक्ष मालती पन्थ ,प्रवक्ता सुरेन्द्र चौलागाई र सदस्यहरुमा  योगमाया चौलागाई ,कमला बराल ,अनिता गुरुङ ,हरी प्रसाद गुरुङ ,महेश पंगेनी ,बिनोद बराइली , पूर्ण प्रसाद राई ,गंगा राम सापकोटा, भावना थापा चयन भएका छन्। राजेन्द्र सेढाई सल्हाकार संयोजक रहेको समितिमा तुलसी गुरुङ ,गोपाल पन्थ,बिनोद पौडेल र तिलक गुरुङ सदस्य रहेका छन्।


संघका अध्यक्ष मुक्त बहादुर गुरुङले एनआरएन स्पेनको “एक घर एक सदस्य” अभियान अन्तर्गत पंजीकृत सदस्यता बितरणको लागि पनि क्षेत्रीय समिति गठन कै क्रममा छलफल भएको बताए। स्पेनमा रहेका नेपालीहरुको तथ्याङ्क संकलन बारे पनि छलफल भएको अध्यक्ष गुरुङले जानकारी दिए।



एनआरएन स्पेनको सक्रियता, पाईसभास्कोमा क्षेत्रीय समिति गठन
Advertisements:

0 comments:

Post a Comment

Recent Posts