Subscribe Twitter FaceBook

Pages

Tuesday, August 9, 2016

विरामी बोकेको हेलिकोप्टर दुर्घटना, नवजात शिशुसहित ७ जनाको मृत्यु

Advertisements:

Fishtail Air Crash 2


२४ साउन, काठमाडौं । गोरखाबाट विरामी लिएर काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।


गोर्खाको सिर्दिवास गाविस-८ फिलिम भन्ने स्थानबाट विरामीहरु लिएर काठमाडौंका लागि उडेको नाइन एन एकेए कलसाइन भएको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस-९ को बेतिनी जंगलको भीरमा दुर्घटना भएको हो ।


दुर्घटनामा क्याप्टेन रन्जन लिम्बुसहित कितमान लिम्बु, अज्ञानी गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, प्रति गुरुङ र उनका पाँच दिनको छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।


नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले भने, ‘सात जनाको मृत्यु भएको छ । लाशहरु टुक्रा-टुक्रा छन् ।’


हेलिकोप्टर गोर्खाको फिलिमबाट दिउँसो १२ बजेर १० मिनेटमा काठमाडौंका लागि उडेको थियो । सो हेलिकोप्टर १२ बजेर ३२ मिनेट जाँदा सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो ।


दिउँसो करिव १ बजे स्थानीयले जंगलमा आगलागी भएको सूचना दिएपछि घटनाबारे आफूले जानकारी पाएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । त्यसलगत्तै नुवाकोट सदरमुकाम विदुरबाट प्रमुख जिल्ला अधिकारी पोख्रेलसहित नेपाली सेना र प्रहरीको टोली घटनास्थल गएको थियो ।


घटनास्थलबाट शव संकलन गरी काठमाडौं ल्याउँदै गरेको नुवाकोटका एसपी देवबहादुर बोहोराले अनलाइनखबरलाई जानकारी दिए ।


घटनास्थल राजधानी काठमाडौं र नुवाकोट सदरमुकाम विदुरको मध्य भागमा पर्दछ । पैंतिस किलोबाट कुमरी गाविस जाने सडक पटि्टको जंगलमा पारीबाट हेलिकोप्टर जलेको देखेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।


(नुवाकोटबाट कपिलदेव खनालको सहयोगमा)



विरामी बोकेको हेलिकोप्टर दुर्घटना, नवजात शिशुसहित ७ जनाको मृत्यु
Advertisements:

0 comments:

Post a Comment

Recent Posts