Subscribe Twitter FaceBook

Pages

Thursday, August 18, 2016

अरवाजले भने-‘मलाइका र म अलग भैसक्यौ’, अर्जुन कपुर हुन् मुख्य कारण

Advertisements:

arbaj and malaika arora khan

बलिउडमा जोडी अलग भएको र फेरि जोडिएको समाचार बारम्बार नै आइरहन्छ । केही महिना अगाडि अलग भएका भनिएका बलिउडका चर्चित जोडी अरवाज खान र मलाइका अरोरा खान फेरि एक भएको खबर सार्वजनिक भएको थियो ।


विशेषगरि, अरवाजको जन्मदिनमा मलाइकाले केक काटेपछि यी दुइको सम्बन्ध सुध्रिएको खबर सार्वजनिक भएको थियो । पारिवारिक कारणले गर्दा यी दुई नजिक भएको खबर मिडियामा सार्वजनिक भएका थिए ।


तर, एक चर्चित म्यागेजिनलाई दिएको अन्र्तवार्तामा अरवाजले आफूहरु अलग भैसकेको बताएका छन् । उनले भनेका छन्-‘अब हामी एकसाथ छैनौ । हामी अलग-अलग भैसकेका छौ ।’


बिहे गरेको करिब २३ बर्षमा यो जोडी अलग भएको हो । यी दुइको १३ बर्षका एक छोरा पनि छन् । मलाइका अरवाज भन्दा ६ बर्ष कान्छी छन् । मलाइका र नायक अर्जुन कपुरको नाम लामो समयदेखि जोडिदै आएको छ । अर्जुन कपुरका कारण मलाइका र अरवाजको सम्बन्धमा खटपट भएको भारतीय मिडियाको दाबी छ ।



अरवाजले भने-‘मलाइका र म अलग भैसक्यौ’, अर्जुन कपुर हुन् मुख्य कारण
Advertisements:

0 comments:

Post a Comment

Recent Posts