Subscribe Twitter FaceBook

Pages

Thursday, August 18, 2016

बिपी राजमार्गमा चल्ने सवारीमा नयाँ भाडादर, कहाँ पुग्न कति ? (सूचीसहित)

Advertisements:

sindhuli (2)

२ भदौ, काठमाडौं । सरकारले बिपी राजमार्गमा चल्ने यात्रुवाहक साना सार्वजनिक सवारीको नयाँ भाडादर तोकेको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै बिपी राजमार्गको काठमाडौं-धुलिखेल-खुर्कोट-सिन्धुलीमाडी-बर्दिबास हुँदै पूर्वतर्फ जाने सवारीको समायोजन गरिएको नयाँ भाडादर लागू गरेको हो ।


अब सरकारले तोकिएकै अनुसार यात्रसँग भाडा अशुल्न विभागले अनुरोध गरेको छ । ताकिएकोभन्दा बढी भाडा लिने सवारीलाई कारवाही गर्ने विभागले चेतावनी दिएको छ ।


यो रुटमा बढी भाडा असुलेको पाइए विभागको टेलिफोन नम्बर ०१-४४७९९९४ वटा ट्राफिक प्रहरीको १०३ मा उजुरी गर्न आग्रह गरेको छ ।


डिलक्स सुविधा भएका सवारीले भने थप २० प्रतिशतसम्म बढी भाडा असुल्न सक्ने सूचनामा उल्लेख छ । सूचनामा बाटो इजाजत नभएपनि पटक-पटक पटके इजाजत लिएर सवारी चलाउन नपाइने जनाइएको छ ।


१० सिट क्षमताका जीप तथा सुमोका लागि मात्रै निगमित सवारी सञ्चालन गर्न पाइनेछ । यस्ता गाडीले २ सय ५० किलोमिटरसम्म मात्र यात्रा तय गर्न सक्नेछन् ।


विभागले शैक्षिक भम्रण, सांस्कृतिक कार्यक्रम, शोध एवं विकास कार्यक्रम, विवाह-ब्रतबन्ध, विरामी, शव ओसारपसार, भुक्षय, आगलागी लगायतका प्राकृतिक विपत्ति परेको अवस्थमा उद्धारको प्रयोजनाका लागि भने अन्य सवारीले पनि पटके इजाजत लिन पाउने जनाएको छ ।


कहाँ पुग्न कति  भाडा ? सूची हेर्नुस्
bhada-bp-highawy



बिपी राजमार्गमा चल्ने सवारीमा नयाँ भाडादर, कहाँ पुग्न कति ? (सूचीसहित)
Advertisements:

0 comments:

Post a Comment

Recent Posts