Subscribe Twitter FaceBook

Pages

Sunday, August 7, 2016

प्रतिनिधि विवाद नमिलेसम्म अनशन जारीः नेविसंघ नेता सुवेदी

Advertisements:

२३ साउन, काठमाडौं । विधिसम्मत तरिकाले महाधिवेशन गराउन माग गर्दै आएका नेविसंघ नेताहरुले प्रतिनिधि विवाद नमिलेसम्म संघर्षको कार्यक्रम जारी रहने बताएका छन् ।


DilliRam-Subedi

डिल्लीराम सुवेदी



देशभरका महाधिवेशन प्रतिनिधिहरुमध्ये १६ सय जना विधिविपरित छानिएको कुन्दन काफ्ले समूहको दाबी छ । ति १६ सयमध्ये पनि आधा गैरविद्यार्थी रहेको दाबी सो समूहको छ । विधि र प्रक्रियाअनुरुप महाधिवेशन प्रतिनिधि छान्नुपर्ने माग राख्दै काफ्ले पक्षका नेविसंघ कार्यकर्ताहरु कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनशन बसेका छन्। उनीहरुले रिले अनशनलाई आमरण अनशनमा बदलेका छन् ।


रिले अनशनमा झण्डै एक दर्जन नेता-कार्यकर्ताहरु बसे पनि आमरण अनशनमा भने गणेश सापकोटा र रत्नहरी ढुंगेलमात्र बसे । सापकोटा र ढुंगेलको स्वास्थ्य गम्भीर भएपछि मोडेल अस्पतालमा भर्ना गरिएको छ ।


नेविसंघमा महामन्त्रीको पद दाबी गर्दै आएका डिल्लीराम सुवेदीले प्रतिनिधि विवाद नमिलेसम्म सापकोटा र ढुंगेलले अनशन नतोड्ने बताए ।


सुवेदीले भने, ‘उहाँहरुले आमरण अनशन तोड्न मान्नु भएको छैन । प्रतिनिधि विवाद नमिलेसम्म अनशन ताडिँदैन ।’



प्रतिनिधि विवाद नमिलेसम्म अनशन जारीः नेविसंघ नेता सुवेदी
Advertisements:

0 comments:

Post a Comment

Recent Posts