Subscribe Twitter FaceBook

Pages

Sunday, August 7, 2016

चुनावी मैदानमा अन्ततः नेविसंघका तीन उम्मेदवार

Advertisements:

Nain-sing,-manojmani-and-kumdan


२३ साउन,काठमाडौं । करीव दश वर्षपछि शुरु भएको कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा दाबी गरेका एक दर्जन उम्मेदवारबाट अन्ततः तीन गुटले तीन नाम तय गरेका छन् ।


संस्थापन पक्षबाट नैनसिंह महर अध्यक्षको उम्मेदवार तय भएका छन् । सभापति शेरवहादुर देउवा र अन्य बरिष्ठ नेताहरुको सल्लाहपछि महरलाई अध्यक्षमा अघि बढाइएको स्रोतले जनाएको छ ।


संस्थापन पक्षबाट महर सहित जितजंग बस्नेत, शुभराम बस्नेत, रत्न कार्की, सरोज यादव लगायतले अध्यक्षमा दाबी गरेका थिए । यी मध्ये जितजंगलाई पार्टी केन्द्रीय सदस्य बनाउने आश्वासन दिइएको छ ।


बस्नेतले भने नेविसंघ अध्यक्ष नै हुन्छु भन्दै नेताहरुको आश्वासन अस्वीकार गरिरहेकाले आधिकारिक उम्मेदवारको औपचारिक घोषणा हुन नसकेको स्रोतले जनाएको छ ।


तर, देउवा सहितका नेताहरुले महरलाई अघि बढ्न संकेत गरिसकेपछि उनी मैदानमा उत्रिएका छन् । महर देउवाको गृहजिल्ला डडेलधुराका हुन् । उनलाई आरजु देउवा, विमलेन्द्र निधि लगायतका नेताहरुको दह्रो साथ थियो ।


नेविसंघको पूर्व उपाध्यक्ष रहेका महर किताब लेखेर नेविसंघमा बौद्धिक छबी बनाएका नेता हुन् । उनको प्यानलबाट सरोज थापा, रत्न कार्की लगायतलाई अन्य पदमा मिलाउने तयारी भइरहेको छ ।


त्यस्तै रामचन्द्र पौडेल पक्षबाट अध्यक्षमा मनोजमणी आचार्यको टुंगो लागेको छ । नेविसंघका पूर्व महामन्त्री आचार्य रोल्पाबाट कठिन समयमा राजनीति गर्दै अघि बढेका नेता हुन् ।


प्ाौडेल पक्षबाट अध्यक्ष दाबी गरेका आनन्द त्रिपाठी र दिपक भट्टराईलाई महामन्त्रीमा मिलाउने तयारी छ । पौडेल पक्षबाट उर्मिला थपलिया पनि महामन्त्री उम्मेदवार हुन् ।


उता कांग्रेसभित्र तेस्रो धारका रुपमा स्थापित हुँदै गरेको कृष्ण सिटौला पक्षबाट अध्यक्षमा कुन्दन काफ्लेलाई अघि सारिएको छ । उनलाई नेविसंघका पूर्व नेताहरु गगन थापा र प्रदिप पौडेलले समर्थन गरेका छन् ।


महाधिवेशन प्रतिनिधिमा देउवा पक्ष र पौडेल पक्षले भागबण्डा गरेको भन्दै काफ्ले पक्षले विरोध र अनसन समेत गरेका थिए । काफ्लेलाई महामन्त्रीमा मनाएर एउटै प्यानल बनाउने प्रयास देउवा पक्षले गरिरहेको स्रोतले जनाएको छ ।



चुनावी मैदानमा अन्ततः नेविसंघका तीन उम्मेदवार
Advertisements:

0 comments:

Post a Comment

Recent Posts