Subscribe Twitter FaceBook

Pages

Tuesday, August 16, 2016

सांसदले अब खाजा-खाना नपाउने

Advertisements:

Sushan-tatha-Anugaman-Samiti३२ साउन, काठमाडौं । व्यवस्थापिका संसदका समितिहरुको वैठकमा अबदेखि सांसदहरुले खाजा-खाना नपाउने भएका छन् ।


संसद सचिवालयले १ भदौदेखि लागूहुनेगरी साँझ विहान बैठक बस्दा उपलव्ध गराउँदै आएको खाना खाज उपलव्ध नगराउने निर्णय गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


९ बजेअगाडि र साँझ ७ बजेपछाडि बैठक बस्दा कुपनका आधारमा खाजा र खानाको व्यवस्था गरिदैँ आएको थियो ।


सभामुख ओनसरी घर्तीको उपस्थितिमा आइतबार बसेको सचिवालयको बैठकले अवदेखि खाजा खानाको कुपनको साटो बैंठकमा उपस्थित भएको हाजिरीका आधारमा सम्बन्धित सांसदलाई आफ्नै खातामा थप भक्ता उपलव्ध गराउने निर्णय गरेको हो ।


संसदिीय समिति बैठकमा सहभागी सांसदहरुलाई चार सय रुपैयाँ भत्ता उपलव्ध गराउने निर्णय भएको छ । यसअघि सांसदले समिति बैठकमा सहभागी हुँदा एक सय ५० रुपैयाँ भक्ता र खाजा खानको कुपन पाउँदै आएका थिए ।



सांसदले अब खाजा-खाना नपाउने
Advertisements:

0 comments:

Post a Comment

Recent Posts