Subscribe Twitter FaceBook

Pages

Monday, August 15, 2016

माओवादी मन्त्रीले भने- हामीले दौरासुरुवाल किन नलाउने ?

Advertisements:

३० साउन, काठमाडौं । प्रधानमन्त्री र मन्त्री हुँदा पनि दौरासुरुवाल टोपी नलगाउने माओवादी परम्परालाई नवनियुक्त सञ्चार मन्त्री राम कार्कीले चुनौति दिएका छन् । पहिलोपटक मन्त्री बनेका कार्कीले आइतवार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ खाँदा दौरासुरुवाल, ढाकाको इस्कोट र ढाकाकै टोपी लगाएका थिए ।


Ram-karkiअरु माओवादी मन्त्रीहरु सर्ट पाइन्टमा सपथग्रहण गर्न पुग्दा माओवादी स्थायी कमिटी सदस्यसमेत रहेका कार्की खद्दरको सेतो दौरा सुरुवाल, सेतै कोट र ढाकामा सजिएका थिए । उनी दुई-दुईजनाको बीचमा बसेर सपथ लिँदा अरुभन्दा भिन्नै देखिएका थिए ।


पहिलोपटक ०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुँदासमेत हिसाब गर्दा योसहित माओवादी पार्टी छैटौंपटक सरकारमा पुगेको छ । यसबीचमा माओवादीका दुई नेताले तीनपटक प्रधानमन्त्री बन्नेसम्मको अवसर पाएका छन् ।


तर, प्रचण्ड र बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदा पनि दौरासुरुवाल लगाउन रुचाएनन् । प्रचण्ड र बाबुरामलाई पछ्याउँदै माओवादीबाट मन्त्री हुने पुरुषहरुले पनि सर्ट पाइन्ट कोट र कालो भादगाउँले टोपी लगाउने गरेका छन् ।


मन्त्री भएकै बेला खस क्षेत्रीहरुको अभियानमा साथ दिँदा केही समय दौरासुरुवाल टोपी लगाएका टोपबहादुर रायमाझीले सपथ ग्रहण र अघिपछि भने सर्ट पाइन्ट कोट नै लगाउने गरेका थिए । उनी बाहेक अरु मन्त्रीले कहिल्यै दौरासुरुवाल लगाएका थिएनन् ।


माओवादीको दौरा सुरुवालविरोधी परम्परालाई तोड्ने राम कार्की पहिलो माओवादी नेता भने होइनन् । यसअघि उपराष्ट्रपति निर्वाचित भएपछि नन्दवहादुर पुनले पनि सपथ्रहणका बेला शुरु गरेको दौरा सुरुवाललाई औपचारिक कार्यक्रमहरुमा निरन्तरता दिँदै आएका छन् ।


पुन संवैधानिक पदमा पुगेर दौरा सुरुवाल लगाउने पहिलो माओवादी बने भने मन्त्री बनेर दौरासुरुवाल लगाउने पहिलो माओवादी बनेका छन् कार्की ।


सपथग्रहण पछि कार्की दौरा सुरुवालमै सञ्चार मन्त्रालय पुगेका थिए । उनले दौरा सुरुवाल लगाउनुको कारणबारे अनलाइनखबरसँग भने-‘दौरासुरुवाल नेपालको ठूलो जनसंख्याले लगाउँछ । यो विशिष्ठ पोशाकमध्ये एक हो । कतिपय मान्छेले धोती लगाउछन् भने हामी जुन ठाउँबाट आएका छौं, हामीले दौरा सुरुवाल किन नलगाउने ? यो एउटा ‘कल्चर’को निरन्तरता पनि हो ।’



माओवादी मन्त्रीले भने- हामीले दौरासुरुवाल किन नलाउने ?
Advertisements:

0 comments:

Post a Comment

Recent Posts