Subscribe Twitter FaceBook

Pages

Monday, August 15, 2016

जब सडकमै बग्न थाल्यो फ्रेन्च वाइनको खोलो

Advertisements:

french wineसोँच्नुहोस् त जब महंगो मूल्य तिर्नुपर्ने फ्रेन्च वाइनको खोलो नै सडकमा बग्न थाल्यो भने के होला ? सायद सडकमा वाइनको खोलो बग्ने कुरा सपनामा पनि चिताइन्न ।


सपनामै नचिताइने यो घटना फ्रान्समा हालै घटेको छ । फ्रान्सको मोटपिलिएर सहरमा रक्सी उत्पादकहरुले सडकमै वाइनको खोलो बगाइदिएका छन् ।


सस्तो निर्यातको विरोधमा वाइन उत्पादकहरुले सहरको सडकमा ५० हजार लिटर रेड वाइन प्लंक पोखेका हुन् ।


प्लंक एक प्रकारको सस्तो वाइन हो जसमा अल्कोहलको मात्रा निकै कम हुन्छ । प्रदर्शनका क्रममा वाइन उत्पादकहरुले ट्यांकरमा भरेर ल्याएको ५० हजार लिटर वाइन सडकमा बगाइदिए । सडकमा हजारौँ लिटर वाइन पोखिँदा साँच्चीकै ठूलै नदि बन्यो एक छिनका लागि ।


फ्रान्समा वाइन सम्बन्धी विभिन्न खाले हमलाका लागि प्रसिद्ध क्रेब नामक समूहले यो घटनाको जिम्मेवारी लिएको छ । सडकमा वाइनको खोलो बगेको समाचार आएपछि आकस्मिक सेवालाई सूचित गरिएको थियो । सरकारी निकायले सडकबाट वाइन सफा गर्नका लागि पूरै आधा घण्टा लागेको थियो ।


सस्तो वाइनको फ्रेन्च बजारमा निर्यातको विषयलार्य लिएर क्रेब असन्तुष्ट रहेको छ । यसअघि फ्रान्समा किसानहरुले खाद्यान्नको घट्दो मूल्यको विरोधमा स्पेनिस वाइनले भरिएको ट्यांकरलाई सडकमा खोलिदिएर वाइन पोखी विरोध जनाएका थिए ।



जब सडकमै बग्न थाल्यो फ्रेन्च वाइनको खोलो
Advertisements:

0 comments:

Post a Comment

Recent Posts