Subscribe Twitter FaceBook

Pages

Thursday, August 11, 2016

रुपन्देहीमा विरामीको चाप बढ्यो, जिल्लामा औषधि अभाव

Advertisements:

Bhim-Hospital-Rupandehi-Bhairahawa-1

२७ साउन, भैरहवा । बदलिँदो मौसमसँगै रुपन्देही जिल्लामा विरामीहरुको चाप बढ्दै गएको छ । विरामीको चाप बढ्दै जाँदा जिल्लामा औषधि भने अभाव छ ।


जिल्लामा भाइरल ज्वरो, झाडापखाला, छाला रोग लगायतका विरामीको चाप बढेको जिल्लाका अस्पतालहरुले जनाएका छन् । त्यस्तै सर्पदंशका घटनाहरु पनि बढेका छन् ।


अहिलेको अवस्थामा जिल्लामा बढी भाइरल ज्वरो र झाडापखालाका विरामीहरु बढेको जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए । विरामी चाप अनुसारको जिल्लामा औषधि प्रयाप्त नरहेको उनले बताए । उनले भने, ‘अहिले औषधि प्रयाप्त त छैन तर अलि-अलि कामचलाउ छ । त्यही अनुसारले चलाएका छौं ।’


विशेष गरी भाइरल ज्वरो र झाडापखालाबाट बालबालिकाहरु बढी प्रभावित भएका छन् । त्यससँगै सर्पदंशका घटनाहरु पनि अत्यधिक रुपमा आइरहेको भैरहवास्थित भिम अस्पतालले जनाएको छ ।Bhim-Hospital-Rupandehi-Bhairahawa


विगतका वर्षहरुमा सर्पदंशका औषधि अभाव हुने गरे पनि यस वर्ष भने औषधि अभाव नरहेको भैरहवा भिम अस्पतालका मेसु अन्नत कुमार शर्माले बताए ।


उनका अनुसार अस्पतालमा दैनिक २ सय विरामीहरु आइरहेका र तीमध्ये करिब २५ जना भाइरल ज्वरोका र १५ जना सर्पले डसेका विरामीहरु रहेका छन् ।


उनले अस्पतालमा नयाँ स्टकको औषधि नआए पनि पुरानै स्टकको औषधिबाट विरामीहरु उपचार गरिरहेको बताए ।


तर अस्पतालमा रेबिजको औषधि भने छैन । रेबिज भ्याक्सिनको अभावका कारण कुकुर, बाँदर, बिरालो वा अन्य जंगली जनाबरले टोकेकाहरु उपचारविनै फर्किन बाध्य छन् ।


भिम अस्पतालका मेसु शर्माले पुराना स्टकको औषधिले अस्पतालमा विरामीको उपचार भइरहे पनि नयाँ स्टकको औषधि चाँडै आउने बताए ।



रुपन्देहीमा विरामीको चाप बढ्यो, जिल्लामा औषधि अभाव
Advertisements:

0 comments:

Post a Comment

Recent Posts