Subscribe Twitter FaceBook

Pages

Thursday, August 11, 2016

ग्लोबल आइएमई बैंकले गर्‍यो कम्प्युटर सहयोग

Advertisements:

ime-computer

२७ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकले कालिकोट स्थित सामाजिक युवा कार्य नेपालसंगको सहकार्यमा कालीकोटका विभिन्न सरकारी विद्यालयहरुमा १२ थान कम्प्युटर सहयोग गरेको छ ।


आफ्नो सामाजिक उत्तरदायीत्व अन्र्तगत बैंकले विकट कालीकोट जिल्लाका विभिन्न सरकारी विद्यालयहरुमा बिद्यार्थीहरुलाई कम्प्युटरको पहुँच पुगोस् भन्ने उद्धेश्यले उक्त कम्प्युटरहरु सहयोग गरेको हो ।


बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शर्मा पौड्यालले उक्त कम्प्युटरहरु सामाजिक युवा कार्य नेपाललाई हस्तान्तरण गरेका हुन् ।


ग्लोबल आइएमई बैंकले विशुद्ध बैंकिङ सेवा मात्र नभएर स्थापना काल देखि नै अन्य क्षेत्रहरुमा पनि सहयोग गर्दै आएको छ । बिभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी पहिरो, भुँईचालो लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहदै आएको छ ।


सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १०२ एटिएम, ४२ वटा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढि ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।



ग्लोबल आइएमई बैंकले गर्‍यो कम्प्युटर सहयोग
Advertisements:

0 comments:

Post a Comment

Recent Posts