Subscribe Twitter FaceBook

Pages

Sunday, August 14, 2016

विभिन्न शहरमा ‘कोका-कोला रक एन्ड रोल नाइट रिलोडेड’

Advertisements:

cocacola-concert

२९ साउन, काठमाडौं । कोका-कोला नेपालले अभया एण्ड दिस्टिम इन्जन्ससँगको सहकार्यमा विभिन्न फरक-फरक शहरहरुमा सांगीतिक रक एन्ड रोल नाइट-रिलोडेड गर्ने भएको छ ।


मनोरञ्जनात्मक सांगीतिक रातको आयोजना गर्दै विभिन्न शहरहरुमा अभया एण्ड दिस्टिम इन्जन्सले आफ्नो बेजोड प्रस्तुती दिनेछ । कार्यक्रम व्यवस्थापन कम्पनी ब्याण्डवागन वाई पोजीटिभ भाइब्सले गर्नेछ ।


रक एण्ड रोल नाईट वीद अभया एण्ड दिस्टिम इन्जन्स यसअघिको रक एण्ड रोल नाइट वीदमुक्ति एण्ड रिभाईभलको अधिक सफलताको नयाँ संस्करण हो । यस्तो कार्यक्रम सन् २०११ देखि सन् २०१४ सम्म प्रत्येक वर्ष नेपालका प्रमुख शहरहरुमा आयोजना भएको थियो ।


हाल अभया एण्ड दि स्टिम इन्जन्सले राजधानीसहित मुलुकभरका प्रमुख आठ शहरहरुमा आफ्नो प्रस्तुती देखाउनेछ ।


ब्याण्डको चौथो सांगीतिक एल्बम ‘लुकिङ फर लभ’ ६ अगस्टमा कर्मा बार एण्ड लाउन्जमा सांगीतिक भ्रमणको सार्वजनिक गरिएको थियो ।


भदौ २ गते बुटवलको मिलन हल, ३ गते नारायणगढको एक्टिभ रेस्टुरेन्ट, ९ गते इटहरीको ओसियन पार्क, भदौ १० गते उर्लाबारीको होटल सिंहिम, ११ गते काँकडभिट्टाको टाउन हल र भदौ ११ गते काठमाडौंको त्रिसारामा सांगीतिक कार्यक्रम आयोजना हुनेछ ।



विभिन्न शहरमा ‘कोका-कोला रक एन्ड रोल नाइट रिलोडेड’
Advertisements:

0 comments:

Post a Comment

Recent Posts