Subscribe Twitter FaceBook

Pages

Sunday, August 14, 2016

भिषण आन्दोलनका लागि तयार रहन ओलीको निर्देशन

Advertisements:

KP OLI_


२९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भिषण आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।


कांग्रेस र माओवादीले संविधान कार्यान्वयन नगर्ने संगठित योजना अनुसार आफ्नो सरकार ढालेको उनको आरोप छ । आफ्नो सरकारले संविधान कार्यान्वयन गर्ने कार्यतालिका बनाएपछि माओवादी र कांग्रेस अत्तालिएको भन्दै उनले भने, ‘देशप्रतिको निष्ठा होइन, लोक पाप जगाएर, त्रास फैलाएर सरकार ढालियो ।’


पार्टी स्कुल विभागले शनिबार कठमाडौंमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत ओलीले संविधान कार्यान्वयन नगर्ने षड्यन्त्रविरुद्ध पार्टीका सबै संयन्त्र परिचालन गरिने बताए । उनले भने, हामी जुन सुकै परिस्थिति आएपनि सामना गर्न तयारी हालतमा बस्नुपर्छ । कुनै पनि समय भिषण आन्दोलन गर्नु पर्ने अवस्था आउन सक्छ ।’


२०७४ माघ अघि धेरै काम गर्नु पर्ने भन्दै उनले निर्वाचन एमालेको चाहना भएको बताए ।


सरकार परिवर्तन गरेर मुलुकको राजनीतिलाई कुबाटोमा धकेलेको भन्दै उनले राजनीतिलाई सही बाटोमा ल्याउन दवाब सिर्जना गर्न आवश्यक रहेको उनले बताएका छन् । आफ्नो सरकारले मुलुकको विकासको मार्गचित्र कोरेको भन्दै उनले भने, ‘अब जो कोही आएपनि १०/२० वर्ष त्यो भन्दा बाहिर जान सक्ने ठाउँ नै छैन ।’


पार्टीभित्रको विवादतर्फ संकेत गर्दै एमाले अध्यक्ष ओलीले अनुचित कुरामा संगठन र व्यक्ति अल्झिन नहुने बताए । ‘अरुले त ११ वर्ष अधिवेशन गर्दैनन्’ नेविसंघतर्फ लक्षित गर्दै उनले भने, ‘अधिवेशन भएपनि विवाद हुन्छ र लम्बिन्छ । हाम्रोमा यस्तो हुन खोजिएको छ । यस्तो हुनुहुँदैन ।’ 



भिषण आन्दोलनका लागि तयार रहन ओलीको निर्देशन
Advertisements:

0 comments:

Post a Comment

Recent Posts