Subscribe Twitter FaceBook

Pages

Wednesday, August 3, 2016

कमल थापाले भने- ओली सरकारको जीत भयो ! प्रचण्डलाई बधाइ !

Advertisements:

Kamal-Thapa,-DPM


१९ साउन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कांग्रेस एमाले र मधेसी मोर्चावीच सम्पन्न तीन बुँदे सम्झौतालाई ‘ओली नेतृत्वको सरकारको जीत’ का रुपमा व्याख्या गरेका छन् ।


व्यवास्थापिका संसदले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरिसकेपछि संसदबाट बाहिरिने क्रममा थापाले भने- ‘मैले तीनबुँदे सम्झौता पढें, एकाध प्राविधिक विषय बाहेक केही पनि नयाँ कुराहरु छैनन्, केपी ओली नेतृत्वको सरकारको जीत भयो ।’


तीनबुँदे सम्झौतामा सहीद घोषणा गर्ने लगायतका एकाध प्राविधिक विषयहरुलाई छाडेर अन्य विषय ओली नेतृत्वको सरकारले नै अगाडि बढाएको विषय भएकाले सो नयाँ नरहेको थापाले तर्क गरे ।


संविधानमा असहमति जनाउँदै आन्दोलनमा रहेका मधेसी दलहरु संसदमा आउनु स्वागतयोग्य भएको भन्दै निवर्तमान उपप्रधानमन्त्री थापाले यसबाट संविधानको सर्वस्वीकार्यता प्रमाणित भएको भन्दै खुशी व्यक्त गरे ।


‘जहाँसम्म संविधानमा चित्त नबुझेको भन्ने विषय छ, राप्रपा नेपाललाई पनि संविधानका कतिपय कुराहरु चित्त बुझेको छैन,’ अध्यक्ष थापाले सञ्चार माध्यमसँग भने,’तर, बहुमतद्वारा संविधान पारित भइसकेपछि संवैधानिक तरिकाले संविधानभित्रैबाट अघि बढ्नुपर्छ ।’ मधेसी मोर्चाले पनि संविधानलाई स्वीकारेर व्यवस्थापिका संसदमा आउनु सकारात्मक कार्य भएको थापाले बताए ।


प्रचण्डलाई बधाइ, गुण र दोषका आधारमा व्यवहार गर्छौं


राप्रपा अध्यक्ष थापाले चुनौतीपूर्ण घडी र कठिन पृष्ठभूमिबाट प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको बताए । उनले प्रधानमन्त्रीलाई बधाइसमेत दिए । आफ्नो पार्टी राप्रपा नेपाल रचनात्म र जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने भन्दै थापाले गुण दोषका आधारमा सरकारसँग प्रस्ततु हुने बताए । थापाले प्रचण्डको कार्यकालको सफलताको समेत कामना गरे ।



कमल थापाले भने- ओली सरकारको जीत भयो ! प्रचण्डलाई बधाइ !
Advertisements:

0 comments:

Post a Comment

Recent Posts