Subscribe Twitter FaceBook

Pages

Wednesday, August 3, 2016

नेविसंघ महाधिवेशनको तयारी अन्तिम चरणमा

Advertisements:

१९ साउन, काठमाडौं । नेपाली कांग्रेस समर्थित बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघको ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशन आगामी साउन २३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुनेछ ।


Nebisanghनेबिसंघले जारी गरेको बिज्ञप्तिमा आगामी २३ गते १ बजे पार्टी सभापति शेरबहादुर देउवादे उदघाटन गर्ने महाधिवेशनको तयारी करीव सकिएको छ ।


देशभरबाट ३४ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने नेविसंघले जानकारी दिएको छ । ६४ जिल्लाको प्रतिनिधिको नामावली यसअघि नै पारित भएपछि विवादित ११ जिल्लामा प्रतिनिधि चयन गरी बुधबारै बुझाइने र निर्वाचन समितिलाई जिम्मा लगाइनेछ ।


महाधिवेशनका लागि १ करोड ७८ लाख ८० हजार खर्च हुने अनुमान नेविसंघले गरेको छ । पार्टी एकीकरणपनि पहिलो पटक नेविसंघको महाधिवेशन हुन लागेको हो ।



नेविसंघ महाधिवेशनको तयारी अन्तिम चरणमा
Advertisements:

0 comments:

Post a Comment

Recent Posts