Subscribe Twitter FaceBook

Pages

Tuesday, August 9, 2016

विमान दुर्घटनाबारे छानविन गर्न समिति गठन

Advertisements:

Fistail Air Helicopter, 9NAKA Crash at Nuwakot


२५ साउन, काठमाडौं । सरकारले फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न चार सदस्यीय छानविन समिति गठन गरेको छ ।


तत्कालिन हवाई विभागका महानिर्देशक हरिभक्त श्रेष्ठको अध्यक्षतामा गठित छानविन समितिमा नेपाली सेनाका प्रमुख सेनानी तथा हेलिकप्टर पाइलट सुवास थापा र सिमि्रक एयरका इन्जिनियरिङ निर्देशक विष्णु बस्न्यात सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सहसचिव सुरेश आचार्य सदस्य छन् । छानविन समितिलाई काम सुरु गरेको तीन महिनाभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।


सोमबार गोरखाबाट ५ दिनको सुत्केरी महिलालाई लिएर काठमाडौैं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा त्यसमा सवार सातै जनाको मृत्यु भएको छ ।



विमान दुर्घटनाबारे छानविन गर्न समिति गठन
Advertisements:

0 comments:

Post a Comment

Recent Posts