Subscribe Twitter FaceBook

Pages

Friday, August 12, 2016

को-को बन्दैछन् एमालेका प्रदेश प्रमुख ?

Advertisements:

Uml-Samsadiya-dal


२८ साउन, काठमाडौं । पार्टी महाधिवेशन भएको २ वर्षसम्म पनि अन्चल समन्वय कमिटी गठन गर्न नसकेको नेकपा एमालेले अब प्रदेश कमिटी गठन गरी अन्चल कमिटीहरु विघटन गर्ने भएको छ ।


शनिबार बस्ने स्थायी कमिटी बैठकबाट प्रदेश कमिटीका अध्यक्ष वा संयोजक तोक्ने तयारी एमालेले गरेको छ । तर, प्रदेश कमिटीको नेतृत्व कसले गर्ने भन्ने विवाद टुंगो नलागेका कारण शनिवारै टुंगिने सम्भावना कम रहेको नेताहरुले बताएका छन् ।


स्थायी कमिटी सदस्यले प्रदेश प्रमुख बन्ने अवस्थामा सुवास नेम्वाङ, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, छविलाल विश्वकर्मा, शंकर पोखरेल र मुकुन्द न्यौपानेलाई जिम्मेवारी दिने अनौपचारिक प्रस्ताव छ



प्रदेश कमिटीको प्रमुख बन्न पार्टीका उपाध्यक्षहरुले रुची देखाएका छन् । उनीहरुले पदाधिकारीले नेतृत्व गर्नुपर्ने दाबी गरेका कारण प्रदेश कमिटी गठन हुन नसकेको एमाले स्रोतले जनाएको छ ।


तर, पदाधिकारी भन्दा स्थायी कमिटी सदस्यबाट प्रदेश प्रमुख बनाउन नेतृत्वमाथि दबाव छ । यसअघि ५ विकास क्षेत्रमा पार्टी कामको संयोजन गर्न एमालेले ५ उपाध्यक्षलाई खटाएको थियो ।


कमिटी गठनमा ढिलाईको अर्को कारण गुटको भागबण्डा नमिल्नु पनि हो । माधव नेपाल पक्षले ७ प्रदेशका प्रमुख मध्ये कम्तिमा तीन आफ्नो पक्षका पदाधिकारी वा स्थायी कमिटी सदस्य हुनुपर्ने दाबी गरेको छ ।


यद्यपि एमाले केन्द्रीय सदस्य तथा प्रचार बिभाग उपप्रमुख सूर्य थापा भने भागबण्डाको विवाद नरहेको र पार्टीमा त्यो खालको अवस्था नरहेको दाबी गर्छन् । पदाधिकारी वा स्थायी कमिटी सदस्य कसले प्रदेशको नेतृत्व गर्ने भन्ने विषय छलफलमै रहेकाले कमिटीहरु बन्न नसकेको उनले बताए ।


यस्ता छन् विकल्पहरू 


स्थायी कमिटी सदस्यबाट प्रदेश इन्चार्ज बनाउँदा सुवास नेम्वाङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, सुरेन्द्र पाण्डे, किरण गुरुङ, सत्यनारायण मण्डल र मुकुन्द न्यौपाने प्रदेश प्रमुख हुनेछन् । त्यो अवस्थामा पदाधिकारीलाई अनुगमनकर्ता बनाउने गरी महासचिव ईश्वर पोखरेलले प्रस्ताव तयार पारेको स्रोतले जनाएको छ ।


स्थायी कमिटी सदस्यले प्रदेश प्रमुख बन्ने अवस्थामा १ नम्बर प्रदेशमा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, ३ मा सुरेन्द्र पाण्डे, ४ मा किरण गुरुङ, ५ छविलाल विश्वकर्मा, ६ मा शंकर पोखरेल र ७ मा मुकुन्द न्यौपानेलाई जिम्मेवारी दिने अनौपचारिक प्रस्ताव पोखरेलले गरेका छन् ।


तर, यो प्रस्ताव नेपाल पक्षले नमान्ने प्रष्ट पारिसकेको छ । यसरी जिम्मेवारी दिँदा सुरेन्द्र पाण्डे बाहेक सबै संस्थापन पक्षका हुनेछन् । किरण गुरुङ उपाध्यक्ष वामदेव गौतम निकट हुन् । यहि कारणले गर्दा नेपाल पक्षले पदाधिकारीबाटै प्रदेश प्रमुख बनाउन जोडबल लगाएको हो ।


प्रदेश प्रमुखको विषयलाई सहमतिमै टुंगो लगाएर सबैले मान्ने गरी कामकाजी कमिटी गठन हुने महासचिव पोखरेलले बताए । उनले यस विषयमा पार्टीको केन्द्रीय सचिवालयमा छलफल चलाएर स्थायी कमिटीमा पेश हुने बताए ।


यो विवाद मिलाउने सूत्रका रुपमा केही नेताहरुले प्रदेश प्रमुख र इन्चार्ज वा अनुगमनकर्तामा सन्तुलन मिलाएर लैजान सकिने उपाय सुझाएका छन् । पदाधिकारीलाई इन्चार्ज वा अनुगमनकर्ता बनाएर स्थायी कमिटी सदस्यले प्रदेश कमिटीको नेतृत्व गरेर नेपाल पक्षलाई मिलाउने प्रयासका रुपमा ल्याइएको यो प्रस्ताव बैठकमा भने छलफलमा गएको छैन ।


प्रदेश कमिटी बनाउदा सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला अध्यक्षहरु,पूर्व अन्चल सचिवहरु र निर्वाचित पूर्व राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरुबाट प्रतिनिधित्व गराइने भएको छ । त्यसमा १० प्रतिशतसम्म थप्न सकिनेछ ।


पार्टी प्रमुख प्रतिपक्षमा गइसकेको अवस्थामा अब सम्पूर्ण ध्यान संगठन निर्माणमा लगाउन पनि प्रदेश कमिटी चाँडै बन्ने महासचिव पोखरेलले बताए ।



को-को बन्दैछन् एमालेका प्रदेश प्रमुख ?
Advertisements:

0 comments:

Post a Comment

Recent Posts