Subscribe Twitter FaceBook

Pages

Saturday, August 13, 2016

पाथीभरा गोल्डकपमा संघर्षको विजयी सुरुवात

Advertisements:

२८ साउन, ताप्लेजुङ । शुक्रबारदेखि ताप्लेजुङमा अन्तराष्ट्रिय पाथीभरा गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको छ ।


शुक्रबार भएको उद्धघाटन खेलमामा पूर्वाञ्चल क्षेत्रीय पुलिस क्लब रानी विराटनगरलाई १-० गोल अन्तरले हराउँदै संघर्स स्पोर्टिङ क्लव सेमिफानलमा प्रवेश गरेको छ ।


संघर्षको तर्फवाट दिपेश आङवोहाङले दोश्रो हाफको १३ औं मिनेटमा गरेको गोल नै सेमिफाइनलका लागि निणर्ायक बन्यो । रमेश लिम्वूले सेण्टरवाट हानेको फि्र किक पोलमा ठोकिएर फर्किएको थियो । दिपेसले त्यसलाई उपयोग गर्दै गोलमा परिणत गरेका थिए ।


म्यान अफ दि म्याच पनि दिपेश नै भए । पुलिसले भने पहिलो हाफको अन्तिम समयमा पाएको पेनाल्टीलाई गोल गर्न सकेन । दिपेन राईले हानेको गोल आउट भएपछि पुलिसका लागि पराजयको यात्रा सुरु भएको थियो ।


शनिबार फिदिम स्पोर्टिङ क्लव पाँचथर र पथरी स्पोर्टिङ क्लव मोरङबीच हुनेछ । प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमको सहभागीता रहेको छ ।

बिजेतालाई दुई किलो चाँदी र दुई तोला सुन मिश्रति कप तथा १ लाख २५ हजार नगद र द्धितियलाई १ लाख नगद पुरस्कार रहेको छ ।



पाथीभरा गोल्डकपमा संघर्षको विजयी सुरुवात
Advertisements:

0 comments:

Post a Comment

Recent Posts