Subscribe Twitter FaceBook

Pages

Friday, August 19, 2016

सोनम हत्या प्रकरणः डिभोर्स माग्दा हत्या, सुन्दरता नै मृत्युको कारण !

Advertisements:

murder


२ भदौ, पोखरा । ‘प्रेम’मा परेर झण्डै ६ वर्ष अघि अन्तरजातीय विवाह गरेका एक जोडीको बुधबार दुःखद अन्त्य भयो । सञ्जीवबहादुर नेपालीले आफ्नै पत्नी सोनम रेग्मीको हत्या गरे र आफूले पनि विष पिएर इहलिला समाप्त गरे ।


सोनम हत्या प्रकरणबारे अनुसन्धान चलिरहेको छ । प्रारम्भीक अनुसन्धानका क्रममा सम्बन्ध बिच्छेद (डिभोर्स) माग्दा हत्या भएको देखिएको छ ।


स्याङ्जाको किचनाश ३ का संजीव र पौवेगौडे २ की सोनमबीच किशोरावस्थामै माया प्रेम बस्यो । हुर्कदै गएको प्रेम परिवारले स्वीकार नगर्ने भएपछि दुबैले भागी विवाह गरे । तर, सोनमको परिवारले स्वीकार गर्न सकेन । केही दिनमै सोनमको माइती पक्षले केटाबाट खोसेर सोनमलाई लगेको पनि हो । तर संजीवले पुनः सोनमलाई फर्काए ।


त्यसपछि माइती पक्षले सोनमलाई वास्ता गर्न छाडे । शुरुमा सहमतिमै विहे भएपनि पछिल्लो क्रममा पती पत्नीबीच सम्बन्ध राम्रो नभएको पाइएको छ । सोनमले सम्बन्ध बिच्छेद मागिन् तर, सञ्जीवले दिन मानेनन् ।


सल्लाहमा डिभोर्स नदिएपछि सोनमले अदालत गुहारिन् । तर, अदालतले फैसला नगर्दै सञ्जीवले सोनमको हत्या गरे ।


सुन्दरताले बढायो शंका


हेर्दा चलचित्रको कथा जस्तो लाग्ने यो प्रेमिल जोडीमा विवाहको एउटा कोर्ष पूरा गर्न पटक-पटक उतारचढाव आयो । विवाहको केही समयपछिदेखि नै पती-पत्नीबीच खटपट शुरु भयो र, कारण थियो सोनमको सुन्दरता ।


सोनम सुन्दरी थिइन् । उनका साथी र प्रहरीका अनुसार गोलो अनुहार, चिटिक्क परेको शरिर अनि गोरो वर्ण । हो उनको यही सुन्दरता नै मृत्युको कारण बन्यो । सोनमको सुन्दरताबाट मोहित थिए सञ्जीव । उनी सोनम अरुको नहोस् भन्ने चाहन्थे । तर, समय एकनास रहेन ।


विवाहपछि सञ्जीवले पढाई छाडे । उनी धन कमाउन भन्दै विदेश गए । सोनमले भने अध्ययनलाई निरन्तरता दिइरहिन् । सञ्जीव विदेश गएलगत्तै सोनम सञ्जीवको घर छाडेर पोखरा आइन् । उनी अध्ययनको लागि भन्दै पोखरा आएपछि सञ्जीव विदेशबाट गएको दुई महिनामै फर्किए ।


सञ्जीवले सोनममाथि अनेक प्रश्न गरे । यसले सोनमलाई सञ्जीवसँगको सम्वन्ध टिकाइराख्न मन लागेन र सम्बन्ध बिच्छेदको प्रस्ताव राखिन् । तर, सञ्जीव असहमत भए । सोनम अदालतसम्म पुगिन् ।


प्रहरीका अनुसार यो बिचमा प्रहरीमा पनि यो जोडी निवेदन दिन आए । कहिले सोनमको कारण त कहिले सञ्जीवको कारण यो जोडी प्रहरीमा पुग्यो । सञ्जीवले सोनम हराएको भन्दै प्रहरीमा रिपोर्ट समेत गरेका थिए । प्रहरीले सोनमलाई भेटेर सञ्जीवलाई पनि छलफलमा बोलायो ।


जिल्ला प्रहरी कार्यालय कास्कीको महिला सेलकी प्रमुख प्रहरी निरिक्षक चन्द्रा गुरुङको रोहवरमा गरिएको छलफलमा सञ्जीवले सोनमलाई आफूलाई नछाड्न आग्रह गरे । र, आइन्दा कहिल्यै शंका नगर्ने बाचा गरे । सोनमको सुन्दरताबाट भुतुक्क सञ्जीवले उनको सुन्दरतामा अरुको आँखा लाग्ला कि भन्ने शंका गर्थे । अरु केटासँग बोल्दा होस् वा सँगै हिंड्दा शंकाको नजरले हेर्थे । उनले विदेशमा बस्दा समेत ‘को केटासँग छेस्’ भन्दै सोनमलाई लाञ्छना लगाउने गरेको पाइएको छ ।


प्रहरीसँगको छलफलमा सोनमले सञ्जीवसँग नजाने बताइन् । सोनमको निर्णय सुनेपछि सञ्जीवले तत्कालै ब्लेडले कपडा माथिबाटै आफ्नो पेट चिरे र सोनम बिना बाँच्न नसक्ने बताए ।


यो दृश्य देखेपछि प्रहरीले सोनमलाई सम्झाइबुझाई सञ्जीवसँग पठायो । सोनम पनि सञ्जीवसँग पुनः घरजम गर्न राजी भइन् । तर, यो सम्बन्ध धेरै लामो समय टिक्न सकेन । सञ्जीवसँग बस्न नसक्ने भन्दै सोनम पुनः प्रहरी कहाँ आइन् । सञ्जीव आएर फकाएर फेरि लगे । यो क्रम ४/५ पटक नै भएको जिल्ला प्रहरी कार्यालय कास्कीकी महिला तथा बालबालिका सेल प्रमुख चन्द्रा गुरुङले बताइन् ।


सोनमले व्यक्त नगरे पनि परिवार र समाजले विवाहलाई मान्यता नदिँदा ग्लानी महसुस हुँदै गएको र बढ्दै र पढ्दै जाँदासँगै बस्न नसक्ने निचोडमा पुगेको निश्कर्ष आफूहरुले निकालेको गुरुङले बताइन् ।


कलिलैमा टुट्यो प्रेम


सञ्जीवले आफूलाई जातभातको टिप्पणी गर्दै होच्याउने गरेको बताएअनुसार पनि यसको पुष्टि हुने उनको भनाई छ । यद्यपि सोनमले भने खुलस्तरुपमा यसबारे कहिल्यै प्रहरीसँग भनेकी थिइनन् ।


केही गरेपनि सम्बन्ध सुमधुर हुन सकेन र सोनमले अदालतमा मुद्दा हालिन् । मुद्दा चलिरहँदा सञ्जीव पुनः विदेश गए । तर, उनी विदेश बस्न सकेनन् र केही महिनामै फर्किए ।


उनी साथीभाइहरुसँग भन्ने गर्थे, ‘म सोनम बिना बाँच्न सक्दिनँ ।’ तर, सोनमले डिभोर्स रोजेपछि बुधबार उनले अपि्रय निर्णय लिए र सोनम बस्ने पोखरा-८ सिमलचौरस्थित घरमा पुगेर उनले छुरी प्रहार गरी हत्या गरे । लगत्तै आफूले विष पिए । उनको उपचारका क्रममा निधन भयो ।


प्रहरीका अनुसार सञ्जीवले सुसाइड नोट लेखेको भेटिएको छ । जसमा लेखिएको छ, ‘तँलाई पनि बाँच्न दिन्नँ, म पनि बाँच्दिनँ ।’


कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले सञ्जीवको केटीप्रतिको आशक्ति र उनले छोडेपछि विक्षिप्त भई फ्रस्टेशन हुँदा हत्यासम्म पुगेको बताए । किशोरावस्थामा माया प्रेम भएर विवाह भएपनि पछि बुझ्दै जाँदा पारिवारिक बेमेल र सम्बन्ध बिच्छेदसम्म पुग्दा केटामा डिप्रेसन देखिएको उनको बुझाइ छ । यद्यपी थप अनुसन्धान भइरहेको उनले बताए ।



सोनम हत्या प्रकरणः डिभोर्स माग्दा हत्या, सुन्दरता नै मृत्युको कारण !
Advertisements:

0 comments:

Post a Comment

Recent Posts