Subscribe Twitter FaceBook

Pages

Saturday, August 13, 2016

काठमाडौंको पानीमा दिसामा पाइने जिवाणु भेटियो, हैजाको संक्रमण फैलिँदो

Advertisements:

२८ साउन, काठमाडौं । काठमाडौं उपत्यकाको पिउने पानीमा मानव दिशामा पाइने कोलिर्फम भेटिएको छ । जसका कारण हैजाको संक्रमण पाइएको छ ।


Haizaयो साता भैंसेपाटीमा हैजाको विरामी भेटिएको छ । भैसीपाटीबाट मात्र अहिलेसम्म चारवटा हैजाका घटना बाहिर आएको स्वास्थ्य मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।


महाशाखाका अनुसार यससँगै काठमाडौ उपत्यकामा हैजाबाट प्रभावित हुनेको संख्या ५० पुगेको छ । जसमध्ये काठमाडौमा ६ तथा ललितपुरमा ४४ जना प्रभावित भएका छन् ।


प्रभावित हुनेमा सबैभन्दा धेरै निम्न वर्गीय परिवार, श्रमिक लगायत केटाकेटी छन् । त्यस्तै, १५ वर्ष देखि २५ वर्ष उमेर समूहका मानिस बढी प्रभावित छन् । उनीहरुमा ०१ ओगावा स्टरियोटाइप हैजा देखिएको महाशाखाले जनाएको छ ।


गत वर्ष पनि काठमाडौं जिल्लामा ७६ जनामा हैजाको प्रकोप देखिएको थियो । ‘गत वर्ष काठमाडौं जिल्लामा बढी देखिएकोमा देखिएकोमा यो वर्ष ललितपुरमा देखिएको हो’ इपिडिमियोलाजी शाखा प्रमुख डा.गुणनिधि शर्माले अनलाइनखबरसित भने ।


करिब एक महिना पहिले काठमाडौंको कालीमाटी, टेकु, बाफल आसपासका क्षेत्रमा हैजाको प्रकोप पहिलो पल्ट देखिएको थियो । लगत्तै ललितपुरको बालकुमारी, थैव, गोदावरी, हरिसिद्धी, जावलाखेल लगायतका ठाँउमा हैजाको सक्रमण देखिएको छ ।


कारण दुसित पिउने पानी 


हैजाको संक्रमण फैलिएको क्षेत्रहरुको पानीको नमुना संकलन गरेर परीक्षण गरिएको थियो । यस्तै घर-घरमा गएर उनीहरुका परिवार तथा आसपासका वासिन्दालाई सरसफाई, पिउने पानीको शुद्धिकरणबारे जानकारी दिने काम भइरहेको छ ।


करिब दुई साता अघि हैजा प्रभावित विभिन्न ठाँउबाट पानीको ९६ वटा नमुना संकलन गरेको थियो । त्यसमध्ये ४६ वटामा इ.कोली, इस्टेरिया लगायत कोलिर्फमका जिवाणु पाइएको छ ।


कोलिर्फम भन्नाले दिसा मिसिएको पानी भन्ने बुभिन्छ । यस्तो पानी खाएमा हैजा लाग्ने गर्छ । हैजा विशेषगरी भिवि्रयो नामक जिवाणुका कारण हुने गर्छ ।


र, यो संक्रमित व्यक्तिको दिशाबाट अर्को व्यक्तिमा सजिलै सर्नेगर्छ । त्यस्तै दुषित पानी तथा खानाबाट समेत यो मानिसमा सर्छ । यसको संक्रमण भएमा विरामीलाई चौलानी जस्तो दिशा हुने, तारन्तार पखाला लाग्ने, वान्ता हुने, मांसपशी बौडिने, शरीरमा पानीको मात्रा न्युन हुने हुन्छ । र, बेहोस हुने, पानी कम भएर मृगौला फेल भई मानिस मर्न समेत सक्छ ।


यसबाट बच्न बासी, झिंगा भन्केको, सडेगलेको खानेकुरा नखानु उचित हुन्छ । त्यस्तै शुद्ध पानी पिउन तथा खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ ।


विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष २८ हजारदेखि एक लाख ४२ हजार मानिस हैजाबाट मर्ने गर्छन् । तर, नेपालमा भने यस वर्ष हैजाकै कारण कसैले ज्यान गुमाउनु नपरेको इपिडिमियोलोजी शाखाले जनाएको छ ।



काठमाडौंको पानीमा दिसामा पाइने जिवाणु भेटियो, हैजाको संक्रमण फैलिँदो
Advertisements:

0 comments:

Post a Comment

Recent Posts