Subscribe Twitter FaceBook

Pages

Sunday, August 14, 2016

उपप्रधानमन्त्री निधि एक साताभित्रै भारत जाने

Advertisements:

२९ साउन, काठमाडौं । उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधि एक साताभित्र छिमेकी मुलुक भारतको भ्रमणमा जाने भएका छन् । यो भ्रमण भारतसँगको सम्बन्धलाई अझ सुमधुर गर्नका लागि केन्द्रित हुने निधिले बताएका छन् ।


फाइल तस्वीर

फाइल तस्वीर



सरकारले प्रधानमन्त्रीका विशेष दूतका रूपमा निधिलार्इ भारत पठाउने निर्णय गरेको छ । एक साताभित्र हुने भ्रमणमा नेपालका राष्ट्रपतिको स्थगित भएको भारत भ्रमणलाई सम्भव बनाउनुका साथै प्रधानमन्त्रीको भ्रमणको वातावरण मिलाइने उनले बताए ।


नेपाल प्रेस युनियनले शनिबार आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री निधिले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिइने जानकारी दिएका छन् ।


वर्तमान सरकार संविधानको सर्वस्वीकार्यता र कार्यान्वयन, मधेसका समस्यालगायतका विषयमा काम गर्न बनेको उनको तर्क थियो । माओवादीसँग भएको सातबुँदे र मधेसी मोर्चासँग भएको तीनबुँदे सहमति संविधानलाई कार्यान्वयन गर्न भएको उनले बताए ।


भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रमेश लेखकले लोकतन्त्र, सङ्घीयता र गणतन्त्रको तीन स्तम्भमा संविधान उभिएकाले यीमध्ये कुनै एक कमजोर भएमा संविधान कमजोर बन्ने बताए ।


वर्तमान सरकार विशिष्ट अवस्था भएको उल्लेख गर्दै कुनै पनि सरकारलाई विस्थापित गर्ने उद्देश्यले यो सरकार नबनेको उनले भनाइ थियो ।


 



उपप्रधानमन्त्री निधि एक साताभित्रै भारत जाने
Advertisements:

0 comments:

Post a Comment

Recent Posts