Subscribe Twitter FaceBook

Pages

Sunday, August 14, 2016

तीनबुँदे सहमति मधेसको हितमा छैन: गच्छदार

Advertisements:

२९ साउन, मोरङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले का+ग्रेस–माओवादी केन्द्रसँग मधेसी मोर्चाले गरेको तीनबुँदे सहमति मधेसको हितमा नभएको दाबी गरेका छन् ।


Bijaya-Kumar-Gachhadarविराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै गच्छदारले मधेसी मोर्चाले प्रधानमन्त्री हटाउन र प्रधानमन्त्री बनाउन मात्र तीनबुँदे सहमति गरेको आरोप लगाए ।


मधेसको समस्या समाधान गर्न र संविधानको सफल कार्यान्वयनका लागि पनि प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी र मधेसी मोर्चाबीच सहमति आवश्यक रहेको उनले बताए । कांग्रेस र माओवादी मिलेर सरकार बनाउँदैमा समस्याको समाधान नहुने उनले बताए ।


फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले आफ्नो पार्टीलाई सरकारमा सहभागी हुन नदिन केही पार्टी र केही ठूला व्यक्तिले षड्यन्त्र गरिरहेको बताए ।


 


 



तीनबुँदे सहमति मधेसको हितमा छैन: गच्छदार
Advertisements:

0 comments:

Post a Comment

Recent Posts