Subscribe Twitter FaceBook

Pages

Monday, August 15, 2016

साउदीले बंगलादेशी कामदार लिने, नेपालीलाई असर पर्न सक्ने

Advertisements:

३० साउन, काठमाडौं । साउदी अरेबियाले बंगलादेशी कामदारमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । ६ वर्ष अघिदेखि बंगलादेशी कामदार लिन बन्द गरेको साउदीले फेरि बंगलादेशबाट कामदार लिन लागेको हो ।


saudi-arebiaआप्रवासी कामदार घटाउँदै लैजाने नीतिका बीच बंगलादेशबाट कामदार लिने साउदीको निर्णयले नेपाली कामदारको मागमा समेत असर पार्न सक्छ । बंगलादेशी कामदार पनि नेपाली कामदार जस्तै सस्तो श्रम मूल्यमा खाडी जाने गरेका छन् ।


यसैकारण साउदीका कम्पनीले बंगलादेशी कामदारलाई प्राथमिकता दिएमा नेपाली कामदारको माग घट्न सक्छ ।


गत जुनमा बंगलादेशीका प्रधानमनत्री शेख हसिना र साउदीका राजा शेख सलमानबीच भएको बार्तामा साउदीले बंगलादेशी कामदारलाई फेरि मौका दिने सहमति भएको थियो ।


साउदीको यो निर्णयपछि बंगलादेशका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारसहित डाक्टर, नर्स, टिचर्स, लगायतले फेरि साउदीमा कामका लागि जान पाउनेछन् ।


साउदीमा रहेका १३ लाख घरेलु कामदार मध्ये अहिले पनि ६० हजार बंगलादेशी महिला कामदार छन् ।


गत जुनदेखि साउदीको पुरुष घरलुक कामदारका लागि पनि भिसा दिन सुरु गरेको थियो । अब भने सबै कार्य क्षेत्रमा बंगलादेशबाट साउदीले कामदार लैजान सुरु गर्नेछ ।



साउदीले बंगलादेशी कामदार लिने, नेपालीलाई असर पर्न सक्ने
Advertisements:

0 comments:

Post a Comment

Recent Posts