Subscribe Twitter FaceBook

Pages

Sunday, August 14, 2016

जेद्धामा आदिवासी दिवस मनाइयो

Advertisements:

janajati-Day


जेद्दा । रोजगारीको लागि साउदी अरब आइपुगेका नेपालका आदिवासी जनजाती समुदायले २२ औं विश्व आदिवासी दिवस धुमधामका साथ मनाएका छन् ।


विश्व आदिवासी दिवस अगष्ट ९ मा परेता पनि यहाको परिवेस अनुकुल विदाको दिन पारेर १२ अगष्टका दिन नेपाल आदिवासी जनजाती महासंघ, पश्चिम क्षेत्रीय समन्वय समिति जेद्धाको मूल संयोजनमा मातृ संस्थाहरु नेपाल तामाङ घेदुङ, प्रवास शाखा साउदी अरब र तमु धिं नेपाल, प्रवस क्षेत्रीय समिति जेद्धाले संयुक्तरुपमा समारोहको आयोजना गरेको थियो ।


औपचारिक र साँस्कृतिक कार्यक्रम गरी दुई चरणमा सम्पन्न भएको कार्यक्रममा नेपाली महावाणिज्यदूतावास जेद्धाका कार्यवाहक महावाणिज्यदूत रेवती रमण पौडेलको प्रमुख आतिथ्य तथा नेपाल आदिवासी जनजाती महासंघ, क्षेत्रीय समितिको जेद्धाको अध्यक्ष निमा साङ्गे शेर्पाको सभापतित्वमा सम्पन्न भएको थियो ।


दिप प्रज्वलन गरी सुरू गरिएको कार्यक्रमलाई मन्तब्यदारा संस्थाका कोषाध्यक्ष हुम बहादुर गुरूङले र गीतवाट खिम गुरूङले स्वागत गरेका थिए भने संस्थाका सचिव नवराज घिसिङले कार्यक्रम संचालन गरेका थिए ।


त्यसै गरी जेद्धामा क्रियाशील विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरु र स्थानीय समाजसेवी तथा बुद्धिजिवीहरु अतिथिको रुपमा सहभागी भएका थिए । कार्यक्रममा नेपाल तामाङ घेदुङ, प्रवास शाखा साउदी अरबका अध्यक्ष बिगेन्द्र सिंह तामाङले विश्व आदिवासी दिवसको सन्दर्भ लगायत आदिवासी जनजाती सम्बन्धि विविध विषयहरु समेटेर ८ पृष्ट लामो कार्यपत्र प्रस्तुत गरेका थिए । सहभागी अतिथिहरुले शुभकामना मन्तव्यको साथै उक्त कार्यपत्र माथि आ-आफ्नो विचार राखेका थिए ।


दोस्रो चरणको साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले लोक गित, लोक दोहोरि, तामाङ सेलो लगयतका गितका साथै नृत्य प्रस्तुत गरेर सहभागीहरुलाई भरपुर मनोरन्जन गराएका थिए । कार्यक्रमको समापन पश्चात आयोजकले सहभागीहरुलाई भव्य रात्रि भोजको व्यवस्था समेत गरेको थियो ।



जेद्धामा आदिवासी दिवस मनाइयो
Advertisements:

0 comments:

Post a Comment

Recent Posts