Subscribe Twitter FaceBook

Pages

Thursday, August 11, 2016

औषधि र पानीसमेत त्यागेर गंगामाया आमरण अनसनमा

Advertisements:

 


२७ साउन, काठमाडाैं । छ वर्षदेखि स्लाइनमा औषधी र पानीको भरमा अनशन बस्दै आएकी गंगामाया अधिकारीले बिहीबारदेखि औसधि र पानीसमेत त्यागेर जटिल आमरण अनशन सुरु गरेकी छन् ।


अस्पतालको शैयामा गंगामाया । फाइल तस्वीरछोराको हत्यारालाई कारबाहीको माग गर्दै भोक पटक पटक भोक हड्तालमा रहेकी उनले नयाँ प्रधानमन्त्री प्रचण्डलाई छोराको हत्यारालाई पक्राउ गर्नका लागि ५ दिनको समय दिएकी थिइन् ।


साउन २१ गते पत्रकार सम्मेलन गरी पाँच दिने अल्टिमेटम दिएकी उनले बिहीबारदेखि आमरण अनसन सुरु गरेकी हुन् ।


वीर अस्पतालबाट गंगामायाको अवस्थाबारे खबर आएपछि स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उपे्रती तथा गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगो उनलाई हेर्न अस्पताल पुगेका थिए ।


‘वीर अस्पतालबाट अनशन बसेको खबर आएपछि उहाँको स्वास्थ्यस्थिति बुझ्न तत्काल अस्पताल गएका थियौ’, स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्र राज उप्रतील अनलाइनखबरसँग भने, ‘उहाँको स्वास्थ्य स्थिति अहिलेसम्मका लागि राम्रै छ ।’


विंस २०६१ सालमा गंगामायाका १७ वर्षे छोरा कृष्ण प्रसादलाई तात्कालीन माओवादीले अपहरण गरी मारेको भन्दै गंगामाया दम्पतिले हत्यारालाई कारवाही गरिनु पर्ने माग राख्दै छ वर्ष पहिलेदेखि अनसन सुरु गरेका थिए ।


अनसन बसेको ३३४ दिनमा उनका पति नन्दप्रसादको मृत्यु भएको थियो । नन्दप्रसादको शव अहिलेपनि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा छ । दोषीलाई कारवाही नभएसम्म नन्दप्रसादको दाहसंकार नगरिने गंगामायाको अडान छ ।



औषधि र पानीसमेत त्यागेर गंगामाया आमरण अनसनमा
Advertisements:

0 comments:

Post a Comment

Recent Posts