Subscribe Twitter FaceBook

Pages

Friday, August 12, 2016

उपप्रधानमन्त्री चाहिन्छ, नत्र सरकारमा जान्नौंः गच्छदार

Advertisements:

२७ साउन, काठमाडौं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् ।


Bijaykumar-Gachhadarबिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गच्छदारले सरकारमा सम्मानजनक सहभागिताका लागि आफूले पहल गरिरहेको बताए । सरकार सबै पार्टीका लागि महत्वपूर्ण हुने तर, उपप्रधानमन्त्रीसहित दुई महत्वपूर्ण मन्त्रालय नपाएको अवस्थामा आफ्नो पार्टी सरकारमा सहभागी नहुने उनले बताए ।


फोरम लोकतान्त्रिकले अन्तिम समयमा केपी ओली नेतृत्वको सरकार छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भोट दिएको थियो ।


तर, मधेसी मोर्चाको दबाव र कांग्रेसले अनिच्छा देखाएपछि प्रधानमन्त्री प्रचण्डले फोरम लोकतान्त्रिकमा सहभागी गराएको छैन । उपप्रधानमन्त्री दिन नसक्ने भन्दै प्रचण्डले दुई वटा मन्त्रालय भने फोरम लोकतान्त्रिकका छुट्याएका छन् ।



उपप्रधानमन्त्री चाहिन्छ, नत्र सरकारमा जान्नौंः गच्छदार
Advertisements:

0 comments:

Post a Comment

Recent Posts