Subscribe Twitter FaceBook

Pages

Tuesday, August 16, 2016

बस दुर्घटनाका घाइते भेटेपछि ओलीले भने- अब सिण्डिकेट अन्त्य गरौं

Advertisements:
kp-oli

सौजन्यः चेतन अधिकारी



३२ साउन,काठमाडौं । एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ग्रामिण क्षेत्रका सडक सुधार र यातायात व्यवसायीलाई यात्रुप्रति उत्तरदायी बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् । उनले सिण्डिकेट अन्त्य गर्न सरकार आफैं अग्रसर हुनु पर्ने बताए ।


काभ्रेको बिर्ता देउराली बस दुर्घटनाका घाइते र मृतकका आफन्तसँगको भेटमा ओलीले दिनदिनै भएका सडक दुर्घटनाबाट आफू गम्भिर बनेको बताए । उनले सुरक्षित यातायात व्यवस्थाका लागि सरकारले सुधार गर्नुपर्ने र त्यसमा एमाले सघाउन तयार रहेको बताए ।


ओलीले मंगलवार विहानैदेखि धुलिखेल अस्पताल, शीर मेमोरियल तथा काठमाडौंमा दीर्घायु, शिक्षण र वीर अस्पतालको ट्रमा सेन्टर पुगेर घाइतेहरुको अवस्था बुझेको एमाले नेता गोकुल बास्कोटाले जानकारी दिए ।


ओलीले प्रत्येक घाइतेसँग कुरा गर्दै उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरुलाई आग्रह गरेको बास्कोटाले बताए । ओली सोही दुर्घटनामा गम्भिर घाइते भएकी एमाले सम्बद्ध अनेरास्ववियुकी सचिवालय सदस्य यशु लामालाई भेट्न दीर्घायु अस्पताल चाबहिल पुगेका थिए ।


उनले यशुको उपचारमा संलग्न चिकित्सकहरुसँग सल्लाह गरेपछि थप उपचारका लागि ट्रमा सेन्टरमा सारिएको अनेरास्ववियुका महासचिव ऐन महरले बताए । यशुको अवस्था गम्भिर छ ।


यसैबीच अनेरास्ववियुले देशका बिभिन्न ठाउँमा भएका सडक दुर्घटनाको कारण यातायात व्यवसायीको सिण्डिकेट प्रमुख कारण रहेको भन्दै सिण्डिकेद विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।


महासचिव ऐन महरले मंगलवार विज्ञप्ति जारी गरि यस्तो चेतावनी दिएका हुन् । उता अखिल अध्यक्ष नविना लामा नेतृत्वको टोलीले काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई भेटेर ज्ञापनपत्र बुझाएको छ ।


काभ्रेकै बासिन्दा समेत रहेकी लामाले दुर्घटनाका घाइते तथा मृतकका आफन्तलाई क्षतिपूर्ति,घाइतेको उचित उपचार र टुहुरा बालवालिकाको निःशुल्क पठनपाठनको व्यवस्था हुनुपर्ने बताइन् ।


लामाले सो दुर्घटनामा ज्यान गुमाएकाहरुका सन्तानको पठन पाठनको व्यवस्था अखिलले मिलाउने समेत घोषणा गरेकी छन् ।



बस दुर्घटनाका घाइते भेटेपछि ओलीले भने- अब सिण्डिकेट अन्त्य गरौं
Advertisements:

0 comments:

Post a Comment

Recent Posts