Subscribe Twitter FaceBook

Pages

Tuesday, August 16, 2016

तमुवान राज्य माग्दै पोखरामा मनाइयो ट्होटें पर्व

Advertisements:

Ghatu-Dance,-Magar-Culture


३२ साउन, पोखरा । कास्कीका तमुहरुले तमुवान राज्यको माग गर्दै पोखरामा मंगलबार तमु जातिको सांस्कृतिक पर्व ट्होटें मनाएका छन् । तमुहरुले साउनको अन्तिम मंगलबार मनाउने ट्होटें धुमधामले मनाउने क्रममा तमुवान राज्यको माग गरेका हुन् ।


तमु धिँ नेपालको आयोजनामा मंगलबार ट्होटें र्‍यालीसहित विविध मनोरञ्जनात्मक कार्यक्रम भएको हो । पोखराको पुरानो टुँडिखेलबाट र्‍याली निकालिएको थियो ।


र्‍याली बागबजार, विन्ध्यबासिनी, मोहरियाटोल, नालाकोमुख, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल भिमसेनचोक, नयाँबजार हुदै तमु धिँ नेपालको कार्यालयमा पुगेर ट्होटें मूल समारोहमा परिणत भएको थियो ।


Tohte,-Magar--Cultural-Program-3jpg


र्‍यालीमा मौलिक भेषभुषासहित उपस्थित सहभागिहरुले फेटा र ब्यानरमा तमुवान लेख्नुका साथै सांस्कृतिक कार्यक्रममार्फत तमुवान राज्यको माग गरे । तमुहरुको उदगम क्षेत्र मानिने गण्डक क्षेत्रलाई तमुवान राज्य बनाउन उनीहरुको माग थियो ।


र्‍यालीमा सहभागि पुरुषहरुले तमु जातिको पहिचान झल्कने भाङ्ग्रा र महिलाहरुले घलेक लगाएका थिए । उनीहरुले फेटामा तमुवान लेखेर लगाएका थिए भने ‘तमुवान प्राप्ति हाम्रो अभियान’ लगायतका नारा लेखिएका ब्यानर बोकेका थिए ।


Tohte,-Magar--Cultural-Program-2jpg


कार्यक्रममा बोल्ने वक्ताहरुले समेत तमुवान राज्य माग गरे । कार्यक्रममा पूर्व सभासद तथा नेकपा माओवादी केन्द्रका नेता हितकाजी गुरुङले तमुवान राज्य प्राप्त भएमात्रै तमुहरुको संस्कृति जोगिने बताए । उनले तमुवान प्राप्त नभएसम्म तमुहरुले आन्दोलन गरिरहनुपर्ने बताए ।


मधेसी जनअधिकार फोरम नेपालका नेता देवीराज तमुले तमुवान तमुहरुको पहिचान भएको बताउँदै त्यसको प्राप्तिका लागि लडिरहने उदघोष गरे ।


Tohte,-Magar--Cultural-Program-1


ट्होटें र्‍यालीपछि आयोजित ट्होटें मूल समारोहमा तमु जातिको मौलिक संस्कृतिहरु ट्होटें, घाटु, सोरठी, झोडा, चुट्का, कृष्ण चरित्र प्रदर्शन गरिएका छन् । कार्यक्रममा र्‍यालीमा सहभागि तमु धिँका उत्कृष्ट शाखा तथा आमा समूहहरुलाई नगदसहित पुरस्कृत पनि गरिएको छ ।


Tamuwan


तमु जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको २ वटा मंगलवारमा ट्होटें मनाउँदै आएका छन् । ट्होटें पर्व कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायतका गण्डक क्षेत्रसहित देशभर छरिएका सबै गुरुङहरुले मनाउने गर्छन् ।


Tohte,-Magar--Cultural-Program-4jpg


उक्त दिन तमु राज्यमा बसोवास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सीमा कटाउँदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ । तमु (गुरुङ) भाषामा ‘ट्हो’ को अर्थ तमु भाषामा ‘राज्य’ वा ‘गाउँबस्ती’ हुन्छ भने ‘टें’ को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।


तस्वीरः उमेश पुन/अनलाइनखबर



तमुवान राज्य माग्दै पोखरामा मनाइयो ट्होटें पर्व
Advertisements:

0 comments:

Post a Comment

Recent Posts