Subscribe Twitter FaceBook

Pages

Friday, August 12, 2016

नेपालमा चिनियाँ इन्ट्रेस्टः सी जिनपिङ किन आउँदैछन् ?

Advertisements:

Xi Jinping


२७ साउन, काठमाडौं । बि्रक्सको सम्मेलनमा भारतको गोवा जाने क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंमा आउने तयारीमा छन् । उनको भ्रमणका लागि नेपाल र चीन दुवैले गृहकार्य तीब्र बनाएका छन् । तर, चिनियाँ राष्ट्रपति किन नेपाल आउँदैछन् र दुईदेशवीच के-कस्ता समझदारी हुँदैछन् भन्नेबारे खासै बहस भएको छैन ।


यतिबेला काठमाडौंमा चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेसन्स (सीआइसीआइआर) का अध्यक्ष जी झेईको नेतृत्वमा चिनियाँ बुद्धिजीवीहरुको टोली सक्रिय छ । यो टोलीले दलका नेताहरु, सरकारी अधिकारी एवं पुनर्निर्माण प्राधिकरणका अधिकारीहरुलाई पनि भेट गरिरहेको छ ।


त्यसैगरी नेपाल सरकारले पनि उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा उच्चस्तरीय टोली चीन भ्रमणमा पठाउने निर्णय गरेको छ ।


सूत्रहरुका अनुसार सी जिनपिङको भ्रमणका बेला चीनले कुनै नयाँ सन्देश दिने इच्छा देखाएको छ । विशेष गरी नेपालको कुनै क्षेत्रमा सहयोगको घोषणा गर्ने चीनको मनसाय देखिएको सरकारी अधिकारीहरु बताउँछन् ।


प्रोजेक्ट ल्याउन चीनको आग्रह


नेपालले कस्तो विकास आयोजनामा सहयोग चाहिएको हो, त्यसबारे प्रस्ताव गर्न नेपालसँग चीनले आग्रह गरेको छ । तर, नेपालले चीनसँग के प्रस्ताव गर्छ, त्यसबारे अझै गृहकार्य भएको छैन ।


ओली नेतृत्वको सरकारका बेला वन मन्त्रालयले चीनलाई चारवटा गैंडा उपहार दिने र भक्तपुरमा वन्न लागेको पशु उद्यानमा चिनियाँ सहयोगका लागि आग्रह गर्ने तयारी गरेको थियो ।


उता चिनियाँ पक्षले भने यस्ता सानातिना पक्षमा नभई निकै ठूलो प्रोजेक्टमा सहयोग गर्न चाहेको बताइन्छ । कुनै ठूलो क्षमताको विद्युत आयोजना, काडमाडौं-तराई फास्ट ट्रयाक वा सुरुङमार्ग लगायतका राष्ट्रिय महत्वका आयोजनामा चिनियाँ सहयोगको घोषणा राष्ट्रपतिको भ्रमणका बेला गराउन सकिने स्रोतको दाबी छ । रेल्वेमा संसारभरि काम गरिरहेको चीनले पूर्वपश्चिम रेलमार्ग वा काठमाडौं मेट्रो रेलमा पनि सहयोग गर्न सक्ने नेपालका सरकारी अधिकारीहरुको आश छ ।


पुनर्निर्माणकै क्षेत्रमा पनि चीनले कुनै महत्वपूर्ण संरचना बनाइदिन सक्ने सम्भावना रहेको स्रोत बताउँछ । नेपालमा सांस्कृतिक सम्पदाका साथै राष्ट्रपति भवन, सर्वोच्च अदालत वा सिंहदरबारको मर्मतलगायतका विषयहरु छन् । अहिले व्यवस्थापिका संसद रहेको भवन पनि चीनकै सहयोगमा बनेको हो ।


चिनियाँ इन्ट्रेष्टः राजनीतिक स्थायित्व


चिनियाँ अधिकारीहरुले राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा नेपालमा राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड दिएका छन् । नेपालको राज्य पुनःसंचना लगायतका विषयमा पनि चासो राख्दै आएका चिनियाँ अधिकारीहरुले छिटो छिटो सरकार परिवर्तन हुँदा राजनीतिक स्थायित्व नहुने र एउटा सरकारसँग चीनले गरेको डिल सरकार परिवर्तनसँगै निस्तेज हुने चिन्ता चिनियाँहरुले गरेका छन् ।


यो अवस्थामा कसरी नेपालसँग सहकार्य गर्ने भन्ने प्रश्न चिनियाँ अधिकारीहरुले उठाएका छन् । ९ महिनाका लागि प्रधानमन्त्री बनेका प्रचण्डसँग गरिने समझदारीले सरकार परिवर्ननसँगै निरन्तरता पाउँछ कि पाउँदैन भन्नेबारे चिनियाँ अधिकारीहरुले चासो देखाएको बुझिएको छ ।


सहमतिको निरन्तरता र कार्यान्वयनमा चासो


चिनियाँहरुले सरकार परिवर्ननसँगै विगतको सरकारले चीनसँग गरेका सन्धि सम्झौताहरुको कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेबारे नेपालसँग प्रतिवद्धता खोजिरहेको स्रोतले बतायो ।


दुई देशवीच भएका समझदारीहरुको कार्यान्वयन स्थिति कहाँ पुगेको छ भन्नेबारे पनि चिनियाँहरुले चासो राखेका छन् ।

चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीबारे के भइरहेको भन्ने प्रश्नमा सत्तारुढ दलका एक नेताले अनलाइनखबरसँग भने, ‘यसलाई उनीहरुको पूर्वशर्त नै त नभनौं, तर उनीहरुले विगतका सम्झौताहरुको निरन्तरता र कार्यान्वयन स्थितिबारे चासो राखेका छन् । र, नेपाललाई केमा सहयोग गर्नुपर्ने, त्यसको खाका पेश गर्न भनेका छन् ।’


यद्यपि प्रधानमन्त्री बन्दै गर्दा प्रचण्डले संसदबाटै चीनसँगको सम्झौता कार्यान्यवन गर्ने प्रतिवद्धता जनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि चीनसँगको सम्झौता कार्यान्वयन गर्ने बचन दिएकाले चिनियाँ राष्ट्रपतिको भ्रमण सुुनिश्चित गर्न सहयोग पुगेको छ ।


राष्ट्रपतिको भ्रमणलाई लिएर चीनले नेपालसँग सुरक्षासँग सम्बन्धित विषयमा खासै चासो र चिन्ता नजनाएको तर, विगतका सन्धि सम्झौताका साथै विकासको एजेण्डामा बढी चासो राखेको स्रोतले अनलाइनखबरलाई बतायो ।



नेपालमा चिनियाँ इन्ट्रेस्टः सी जिनपिङ किन आउँदैछन् ?
Advertisements:

0 comments:

Post a Comment

Recent Posts