Subscribe Twitter FaceBook

Pages

Friday, August 12, 2016

भूकम्प पीडितले पाउने ट्याक्सीका लागि आवेदन दिनेको भिड (तस्वीरसहित)

Advertisements:

Aplicants Line for Taxi


२७ साउन, काठमाडौं । हिजोआज एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा विहानैदेखि खुट्टा राख्ने ठाउँ हुँदैन । सरकारले भूकम्पपीडितहरुलाई स्वरोजगार बनाउन भन्दै प्रदान गर्न लागेका १५ सय ट्याक्सीको अनुमतिका लागि आवदेन भर्नेहरु बिहानै लाइनमा आउँछन् ।


फारम भर्न र बुझाउन यातायात कार्यालयमा दैनिक हजारौं पीडित आइपुग्छन् । सरकारले अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितका लागि साउन ५ गतेदेखि आवदेन खुला गरेको थियो ।


Aplicants


आवेदन दिने मिति सकिँदै गर्दा पछिल्ला दिनमा भीड थामिनसक्नु भएको छ । बर्ष र घामको बेवास्ता गरेर घन्टौं लाइनमा बसेर भूकम्पपीडिहरुले आवेदन दिइरहेका छन् । भीड बढेसँगै यातायात कार्यालय एकान्तकुनामा दलालहरुको पनि कमाउ धन्दा निकै फस्टाएको छ ।


सरकारले दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगाका भूकम्पपीडितलाई मात्र ट्याक्सीका लागि आवेदन भर्ने अनुमति दिएको छ ।


यी ट्याक्सीमा कुनैपनि प्रकारको भन्सार छुट तथा सहुलियत दिइएको छैन । तर, पनि ट्याक्सीका लागि आवेदन दिनेको संख्या उच्च छ ।


Aplicants Line for Taxi 2


ट्याक्सी आफ्नो नाममा भए नम्बर प्लेट नै महंगोमा बिक्ने प्रलोभनमा आवेदन दिनेको संख्या उच्च देखिएको अधिकारीहरु बताउँछन् । आवेदकको भिड बढेको मौकामा ट्याक्सी उत्पादक कम्पनिले प्रचारका लागि नयाँ ट्याक्सीहरु पनि लहरै राखेका छन् ।


ट्याक्सीका लागि आवेदन दिन भूकम्पपीडितको प्रमाणपत्र अनिवार्य गरिएको छ । एकजनाले एउटामात्रै आवदेन दर्ता गराउन सक्छन् ।


Aplicants Line for Taxi 3

सरकारले भूकम्पपीडितहरुलाई लक्षित गर्दै काठमाडौंमा १५ सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो । यातायात व्यवस्था विभागले भदौ २ गतेसम्म ट्याक्सीका लागि दर्ता आवेदन पेश गर्न समय दिएको छ । अहिलेको गुणस्तर र क्षमताभन्दा कम नहुने गरी १५ सय थान ट्याक्सी वितरण गर्न लागिएको छ ।


आवेदन शुल्क एक सय रूपैयाँ तिर्नुपर्छ । माग संख्या भन्दा बढी आवेदन परेमा गोलाप्रथा गरिने विभागले जनाएको छ । १५ सय ट्याक्सीका लागि १ लाख आवेदन पर्ने अनुमान गरिएको छ ।


Taxi


तस्वीर: कविन अधिकारी/अनलाइनखबर



भूकम्प पीडितले पाउने ट्याक्सीका लागि आवेदन दिनेको भिड (तस्वीरसहित)
Advertisements:

0 comments:

Post a Comment

Recent Posts