Subscribe Twitter FaceBook

Pages

Saturday, August 13, 2016

स्याङ्जामा २६२ नयाँ उद्योग

Advertisements:

२९ साउन, वालिङ । गत आर्थिक वर्ष २०७२/०७३ मा स्याङ्जामा २६२ वटा नयाँ उद्योग दर्ता भएका छन् ।


working atघरेलु तथा साना उद्योग विकास समिति स्याङ्जामा सेवामूलक उद्योग ९८, कृषि तथा वनजन्य उद्योग ९५, उत्पादनमूलक उद्योग ५५, निर्माणमूलक उद्योग १३, पर्यटनमूलक उद्योग एक गरी कुल २६२ वटा नयाँ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ ।


कार्यालयबाट सोही अवधिमा नयाँ वाणिज्य व्यवसाय २६९ वटा दर्ता भएका घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत शिवशङ्कर बानियाँले बताए ।


जिल्लामा उद्योग दर्ता भएको विवरणअनुसार कुल सङ्ख्यामा ४१ जना महिलाको स्वामित्व रहने गरी उद्योग दर्ता भएको छ भने पुरुष उद्यमीको सङ्ख्या २५१ छ । दर्ता भएका विभिन्न २६२ उद्योगमा उद्यमीबाट कुल पुँजी रु २४ करोड ५५ लाख ५६ हजार २२ लगानी हुनेछ ।


दर्ता भएका उद्योगबाट २९५ जना महिलाले र ५८७ जना पुरुषले रोजगारी पाउने छन् । आव २०७२÷०७३ को अवधिमा उद्योग प्रशासन सेवा र वाणिज्य प्रशासन सेवाबाट कुल राजस्व रु ४१ लाख ६६ हजार ८२५ सङ्कलन भएको कार्यालय प्रमुख बानियाँले बताए ।



स्याङ्जामा २६२ नयाँ उद्योग
Advertisements:

0 comments:

Post a Comment

Recent Posts