Subscribe Twitter FaceBook

Pages

Saturday, August 13, 2016

कमल थापा नेपाली डोनाल्ड ट्रम्पः राणा

Advertisements:

Pashupati samser Rana


२९ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले राप्रपा अध्यक्ष कमल थापालाई नेपाली डोनाल्ड ट्रम्पको संज्ञा दिएका छन् ।


पावर शेयरिङ नमिलेका कारण राप्रपा नेपालसँगको पार्टीं एकिकरण विथोलिएको उनले बताए । सम्वाद क्लब नेपालले शनिबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा राणाले राष्ट्रिय अध्यक्ष र अध्यक्षको पावर शेयरिङ सन्तुलित बनाउन राप्रपा नेपालले नमानेका कारण एकिकरण रोकिएको बताए ।


राप्रपा नेपालका अध्यक्ष थापा अनावश्यक आरोप प्रत्यारोपमा उत्रिएको भन्दै उनले थापाले नेपालमा डोनाल्ड ट्रम्पको नयाँ संस्करण सुरु गरेको आरोप लगाए ।


राप्रपा नेपालसँग एकता प्रकृया अत्य नभएर अवरुद्ध मात्र भएको बताउँदै अध्यक्ष राणाले कमल थापाले माफी मागे एकता प्रकृया फेरि सुरु हुन सक्ने बताए ।



कमल थापा नेपाली डोनाल्ड ट्रम्पः राणा
Advertisements:

0 comments:

Post a Comment

Recent Posts