Subscribe Twitter FaceBook

Pages

Wednesday, August 17, 2016

गाईजात्रा फिभरः ‘लोकमान’ संसदीय समितिमा हाजिर !

Advertisements:

काठमाडौं । संसदीय समितिले सोधपुछ र छलफलका लागि बोलाउँदा विभिन्न बहाना गरेर टार्दै आएका ‘लोकमान’ अन्ततः समितिमा जाने भएका छन् ।


Manojअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीलाई हास्य कलाकार मनोज गजुरेलले संसदीय समितिमा पुर्‍याउने भएका हुन् । अर्थात् यसपालिको गाईजात्रा कार्यक्रममा गजुरेल लोकमानको भूमिकामा देखिँदै छन् ।


समितिमा लोकमानमाथि विभिन्न विषयमा सोधपुछ र छलफल हुनेछ ।


कलाकार गजुरेल यसअघि कहिले नेता प्रचण्ड, कहिले मन्त्री लालबाबु पण्डित त कहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकामा प्रस्तुत भइसकेका छन् । ‘यसपालि मेरो लोकमान अवतारलाई पनि सबैले मन पराउने अपेक्षा गरेको छु,’ गजुरेलले अनलाइनखबरसँग भने ।


नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा भदौ २ गतेदेखि १८ गतेसम्म हुने ‘तीते-जिरे गाईजात्रा’मा गजुरेल लोकमान बनेर संसदीय समितिमा धाइरहनेछन् । त्यसका साथै कार्यक्रम सञ्चालनका क्रममा आफूले स्टान्ड अप कमेडी पनि प्रस्तुत गर्ने उनले बताए ।


जितु र दमन एक दशकपछि सँगै


Jitu-nepal-and-daman-Rupakhati


‘जिरे खुर्सानी’ टेलिसिरियलबाट जोडी छुटेपछि कलाकारिता यात्रामा छुट्टाछुट्टै काम गर्दै आएका जितु नेपाल र दमन रुपाखेती लामो समयपछि साथै देखिने भएका छन् ।


नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ‘तीते-जिरे गाईजात्रा’ यी दुवै जना एउटै मञ्चमा देखिनेछन् । जोडी फुटेपछि टेलिसिरियलमा मात्र होइन, वर्षमा एकचोटि गाईजात्राको अवसरमा हुने कार्यक्रममा पनि कलाकारको छुट्टाछुट्टै टोलीमा यी दुवै बाँडिन्थे । एउटा टोली प्रज्ञा प्रतिष्ठानमा र अर्को टोली राष्ट्रिय सभा गृहमा कार्यक्रम गथ्र्यो ।


जितु र दमन दस वर्षपछि सँगै देखिँदै छन् । पुरानो साथीसँग सहकार्य गर्नुको कारण खुलाउँदै जितुले भने – ‘पहिला दमनले सभा गृहमा गाईजात्रे कार्यक्रम गर्थे । सार्क सम्मेलनपछि पोहोर सालदेखि त्यहाँ कार्यक्रम हुन छाडेसँगै उनी एक्लिए । साथी नै हो, मिलेर जाऔं भन्ने सोचले सँगै कार्यक्रम गर्ने योजना बनाइयो ।’


दमनले पनि जितुबाट सँगै कार्यक्रम गर्ने प्रस्ताव आएपछि त्यसलाई स्वीकारेको बताए । ‘प्रस्ताव आएपछि किन भिन्दाभिन्दै गर्नु भन्ने लाग्यो । हामी नेताहरू जस्तो फुटेर हुँदैन, मिलेर जाऔं भन्ने कुरा भएपछि अरु कलाकारसँग पनि सल्लाह गरेर एउटै मञ्चमा देखिने निर्णय भयो ।’


‘जिरे खुर्सानी’ बाट बाहिरिएपछि धुर्मुस र माग्ने बुढा जोडीसँग मिलेर ‘मेरी बास्सै’ सिरियल बनाउन थालेका दमनले त्यहाँबाट पनि निस्किएर छुट्टै सिरियल निर्माण गर्न थाले । नेपाल टेलिभिजनमा प्रसारण हुने ‘झ्याइँकुटी झ्याइँ’ पछि पछिल्लो समय उनी ‘हाकाहाकी’ सिरियल निर्माण गरिरहेका छन् । उनले यसपालिको गाईजात्रे कोसेली ‘हन्तकाली’ कमेडी फिल्म पनि बजारमा ल्याइसकेका छन् ।


यसपालिको गाईजात्रे कार्यक्रममा जितु र दमनले राजधानी काठमाडौंको समसामयिक परिवेश झल्काउँदै ‘मापसे’ शीर्षकको प्रहसन प्रस्तुत गर्दै छन् ।


प्रहसनमा शिवहरि वैरागी, हेमा कोइराला र निरज नेपाल पनि देखिनेछन् । गाईजात्रे कार्यक्रममा एकसाथ देखिए पनि टेलिसिरियलमा सँगै काम गर्ने तत्काल कुनै योजना नरहेको दुवैले उल्लेख गरे ।

भविष्यको सहयात्राबारे बताए – ‘ठाउँ र परिवेश मिलेको खण्डमा कुनै कार्यक्रममा सँगै देखिन पनि सक्छौं ।’



गाईजात्रा फिभरः ‘लोकमान’ संसदीय समितिमा हाजिर !
Advertisements:

0 comments:

Post a Comment

Recent Posts