Subscribe Twitter FaceBook

Pages

Saturday, August 13, 2016

किसानकी छोरी कृषि प्रविधि सिक्न इजरायलतिर

Advertisements:

Mena-thapa


२९ साउन, काभ्रे  । शिक्षाशास्त्रमा स्नातकोत्तर अध्ययनरत प्युठानकी मीना थापा आधुनिक कृषि प्रविधि सिक्न चाँडै इजरायल जाँदै छिन् ।


कृषि प्रविधिमा विश्वप्रख्यात इजरायली शैक्षिक प्रतिष्ठानमा सीप सिक्ने अवसर पाउँदा उनी निकै उत्साहित छिन्र । किसानकी छोरी थापाको इजरायली कृषि प्राविधिक सिक्ने र पैसा पनि कमाउने धोको छ ।


काठमाडौँ विश्व विद्यालयमा तीन साताको तालिम सकेकी थापाले भनिन्, ‘इजरायल कृषि प्रविधि सिक्ने अवसर पाउँदा धेरै खुसी र उत्साहित छु त्यहाँको सीप आफ्नै गाउँघरमा उपयोग गर्छु ।’


सुरुमा गोलाप्रथामा र त्यसपछि २७५ जनाबाट इजरायली टोलीले लिएको अन्तरवार्ता छनोट भई उgले इजरायल जाने अवसर पाएकी हुन् ।


त्यस्तै बिबिएस दोस्रो वर्षमा अध्ययनरत कैलालीकी बबिता सिंह आधुनिक कृषि प्रविधि सिक्न इजरायल जान लागेको बताइन् । इजरायल रहरमै जान लागेको हो की भन्ने प्रश्नमा उनले भनिन्–“परिवारनै कृषिमा भएकाले म पनि फर्केर यसै क्षेत्रमा केही गर्ने योजना छ ।”


केयुको तीन हप्ताको तालिम सकेर इजरायल जाने तयारी गरेका १९० विद्यार्थी निकै उत्साहित देखिन्थे । उनीहरुका मुहारमा केही कौतुलहलता र बढी उत्साह झल्किन्थ्यो । यो समूहका सबै असोजभित्र इजरायल पुग्नेछन् ।


इजरायल पुग्न केयुलाई तालिमबापत तिर्ने २१ हजार र टिकटबापतको रकम ६२ हजार ५०० तथा व्यक्तिगत खर्च गरी जम्मा दुई लाख खर्च हुने बताइएको छ ।


आधुनिक कृषि प्रणालीमा विश्वमै कहलिएको इजरायल थोरै रकममा पुग्न र सीप सिक्न पाउँदा सायदै कम खुसी होलान् । जसको आकर्षणले त्यहाँ पुग्ने नेपालीको सङ्ख्या बढ्दै गएको छ ।


पढेलेखेका युवा इजरायल गई आधुनिक कृषिको तालिम लिई नेपाल फर्केपछि व्यावसायिक खेतीमा लागेका छन् । साना किसान विकास बैंकले इजरायलका विभिन्न पाँचवटा कलेजसँग द्विपक्षीय सम्झौता गरेसँगै नेपाली युवाले इजरायल पुगी सीप सिक्ने अवसर पाएका हुन् ।


नेपालको परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्ने सोचाइका साथ पोखराका सुमन केसी इजरायल जान लागेका छन् ।  “पोखराको मौसम अनुसार स्ट्रबेरीको खेती गर्ने योजनाका साथ इजरायल जाँदैछु, त्यहाँको सीपलाई नेपालको कृषितन्त्रमा भरपुर उपयोग गर्छु,”– केसीले भने ।


पेसाले शिक्षकसँगै कृषिमा आबद्ध कञ्चनपुरका विजय विकको इजरायलमा कृषिसम्बन्धी नयाँ कुरा सिकेर आफ्नै गाउँमा कृषि व्यवसाय गर्ने योजना छ । केयुमा कृषि, कम्प्युटर र सञ्चार सीपको आधारभूत तालिम लिएका धादिङका नविन विकले पनि उत्साहित हुँदै भने, “विदेश गएर नफर्कने प्रवृत्ति छ, तर हामी स्वाभिमान गिराउन चाहन्नौँ ।”


उनीहरूले अतिन्यून शुल्कमा इजरायल गई दश महिनाको तालिमकै क्रममा मासिक डेढ लाखसम्म कमाउने छन् ।


बैंकको ‘सिकाइ र कमाइ’ कार्यक्रमअन्तर्गत सन् २०१३ बाट सुरु भएयता हालसम्म एक हजार १२५ जना इजरायल गई सीप सिकेर फर्किएका छन् । चार जना भने उतै बेपत्ता छन् ।


सन् २०१६ मा (पछि थपिएका २०) गरी जम्मा ४५० जना पठाउने तयारी भइरहेको छ । यीमध्ये आधाले केयुको तालिम लिइसके । जुलाइको अन्तिमदेखि अक्टोबरको पहिलो साताभित्र इजरायज गइसक्ने बैंकले जनाएको छ ।


बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले कम लागतमा गुणस्तरीय सीप सिक्ने अवसरले पढेलेखेका युवाको इजरायली कृषिमा आकर्षण बढेको बताए ।


इजरायलमा कृषिको सीप सिक्न युवाको आकर्षण बढेसँगै मापदण्ड पनि कडा बनाउन थालिएको छ । इजरायलले यसैवर्षदेखि सीप सिक्न जाने विद्यार्थीले अनिवार्य विश्वविद्यालयको कृषिसम्बन्धी कोर्ष गर्नुपर्ने मापदण्ड ल्याएको सिइओ शर्माले बताउनुभयो । त्यसै अनुरुप बैंकले केयुसँग सम्झौता गरी तालिम लिएको हो ।


क्षेत्रफलका हिसाबले सानो मुलुक इजरायलले थोरै जग्गामा गरेको आधुनिक कृषि प्रणाली विश्वमै चर्चित मानिन्छ ।


बैंकका कामु प्रमुख व्यवस्थापक झलेन्द्र भट्टराईका अनुसार इजरायल जानका लागि साना किसान सहकारी संस्थामा आबद्ध भएका दश जोड दुई (प्लस २) गरेका २० देखि ३० उमेर भित्रका युवायुवतीले आवेदन दिन पाउँछन् । निष्पक्ष रुपमा छनोट भएका इजरायल जान पाउँछन् । तरपनि मन्त्रीदेखि उच्च अधिकारीले आफ्नो मान्छे पठाउन दबाब दिने गरेका छन् ।


इजरायल जाने विद्यार्थीको छनोट प्रणाली राम्रो बनाउन नसक्दा चुनौती बढेको प्रमुख व्यवस्थापक भट्टराईले बताउनुभयो । साना किसान बैंकको ६७ जिल्लामा पहुँछ छ, जहाँ ५५० संस्था आबद्ध छन् यो पटक ५५ जिल्लाबाट आवेदन परेको र ४४ जिल्लाका अन्तिम छनोट भएको बैंकले जनाएको छ ।



किसानकी छोरी कृषि प्रविधि सिक्न इजरायलतिर
Advertisements:

0 comments:

Post a Comment

Recent Posts