Subscribe Twitter FaceBook

Pages

Sunday, August 7, 2016

नेवि संघको महाधिवेशन नौ वर्षपछि सुरु

Advertisements:

Convention


२३ साउन, काठमाडौं । नेपाली कांग्रेस निकट नेवि संघको ११ औं महाधिवेशन नौ वर्षपछि आइतबारबाट सुरु भएको छ ।


हरेक दुई-दुई वर्षमा हुनुपर्ने महाधिवेशन नेता-कार्यकर्ताहरुको खिचातानीका कारण हुन सकेको थिएन ।


कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार काठमाडौंको भृकुटीमण्डपमा नेविसंघ महाधिवेशन उदघाटन गरे । महाधिवेशन २५ साउनसम्म चल्ने छ ।


महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । १२९ जना निर्वाचित र २२ जना मनोनित गरी नेविसंघको केन्द्रीय समिति १५१ सदस्यीय हुने छ ।


अध्यक्ष पदमा जीतजंग बस्नेत, नैनसिंह महर, मनोजमणि आचार्य, कुन्दन काफ्लेलगायतले दाबी गर्दै आएका छन् ।


तर महाधिवेशन प्रतिनिधि विवाद मिलिसकेको छैन । सम्भवतः सोमबार महाधिवेशन प्रतिनिधिको सूची टाँसिएको छ ।


महाधिवेशन प्रतिनिधिहरु काठमाडौंमा आइसकेका छन् । उनीहरुलाई काठमाडौंका बिभिन्न होटलहरुमा बस्ने व्यवस्था मिलाइएको छ ।



नेवि संघको महाधिवेशन नौ वर्षपछि सुरु
Advertisements:

0 comments:

Post a Comment

Recent Posts