Subscribe Twitter FaceBook

Pages

Tuesday, August 16, 2016

भूकम्प पीडितलाई ५ लाख दिनुपर्छः बाबुराम

Advertisements:

३२ साउन, गोरखा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले भूकम्प पीडितलाई दिने भनिएको २ लाख रुपैयाँ अपुग हुने बताएका छन् । ५ लाख रुपैयाँ दिनुपर्ने उनको प्रस्ताव छ ।


Dr.-Baburam-Bhattaraiमंगलबार गोरखा सदरमुकाममा आयोजित ‘गोरखा पुनःनिर्माणः सम्भावना र चुनौती’ विषयको अन्तक्रिर्यामा भट्टराईले भूकम्पपीडितलाई घर बनाउन पाँच लाखका दरले अनुदान दिनु पर्ने बताए ।


‘पचास थरिका सर्त राखेर दिइएको दुई लाख अनुदानले घर बन्दैन,’ उनले भने, ‘पाँच लाखका दरले अनुदान दिने र न्यूनतम ब्याजमा ऋण दिने व्यवस्था गरियो भने मात्रै भूकम्पपीडितले भूकम्पप्रतिरोधी घर बनाउँछन् ।’


उनले अघि भने, ‘सरकारले ५० हजारका दरले किस्ताबन्दीमा दिएको राहतले घर बनाउने सामग्री ढुवानी गर्न र जग खन्न पनि पुग्दैन ।’


सरकार पैसा छैन भनेर राहत दिनबाट पछि हट्न लागेको भन्दै उनले भने, ‘म नै भूकम्प पीडितका लागि भनेर १० खर्ब उठाउन सक्छु ।’


अन्तराष्ट्रिय समुदायसँग सकारात्मक कुराकानी भएको भन्दै उनले १० खर्ब रकम उठाउन सकिने बताए ।


पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले संसदबाट अधिकारसम्पन्न प्राधिकरण बनाउन सरकारलाई सुझावसमेत दिएका छन् ।



भूकम्प पीडितलाई ५ लाख दिनुपर्छः बाबुराम
Advertisements:

0 comments:

Post a Comment

Recent Posts