Subscribe Twitter FaceBook

Pages

Thursday, August 18, 2016

अहिलेकमा तीज गीत हेरेर मेरो आत्मा रुन्छ: बम बहादुर कार्की

Advertisements:

Bam bahsfur karki (1)काठमाडौं । प्राय मनोरञ्जनका लागि टेलिभिजनमा गीत संगीतका कार्यक्रम हेर्ने चलन हुन्छ । धेरै दर्शकले मनोरञ्जनकै लागि नेपाली संगीतसंग सम्बन्धित कार्यक्रम हेर्छन टेलिभिजनमा ।


सुन्दा अचम्म लाग्न सक्छ पुराना लोक गायक बम बहादुर कार्की टेलिभिजनमा अहिलेका तीज गीत र भिडियो हेरेर रमाउन सक्दैनन् । अहिले तीज गीत र भिडियो हेरेर रुन्छन् ‘हो म अहिले टेलिभिजनमा तीजको गीत हेरेर रमाउन सक्दिन । मेरो आत्मा रुन्छ’ अनलाइनखबरसँग कुरा गर्दै भने ।


‘भन्दा नयाँ भाई बहिनीहरुको आलोचना गरे जस्तो तर, जीजको गीतमा सार्‍है नराम्रोसँग प्रहार गरे । त्यही कारण मैले टेलिभिजन हेर्न छाडेँ’ ।


उनको बुझाइमा अहिलेका गायक, गायिका र शब्द संकलकले नेपाली संस्कृतिमाथि ठाडो प्रहार गरिरहेका छन् । तीज बिशुद्ध महिलाहरुको पर्व हो । समान्य त अरु वेला बा, आमा, सासु सुसुरा र श्रीमानलाई भन्न नसकेको कुरा दिदी बहिनीहरुले तीजको दिन गीत मार्फत ब्यक्त गर्छन् । यसको अर्थ सँधै महिलाले पीडाकै गीत गाउनुपर्छ भन्ने होइन ।


उनलाई यो पनि थाह छ । नेपाली समाज पहिला भन्दा अहिले धेरै फरक छ । महिलाहरु हेपिएर चेपिएर बसेका छैनन् । उनी भन्छन् ‘समय जहाँ पुगेपनि समाज जतिसुकै विकसित भएपनि महिलाको मर्म मर्दैन । हरेक सु:खी महिलासँग पीडाको अनुभव पनि हुन्छ’ ।


रातो साडी र चुरा विनाको के तीज गीत ?


तीज भाका मौलिक भाका हो । नेपालका हरेक गाउँमा तीजका आफ्नै भाका छन् । तर, अहिले बनेका गीतमा त्यो मौलिक भाका भेट्दैनन् कार्की । सुन्ने बित्तिकै दर्शकले थाह पाउनुपर्छ । यो तीज गीत हो कि हैन ? तर, अहिले एल्बमको शीर्षक हेर्नुपर्छ तीज गीत हो कि हैन थाह पाउनका लागि ।


एल्बममा तीज गीत लेखिए पनि भाका शब्द तीजको नभएकोमा दु:खी छन् उनी । कार्कीको अनुभवमा तीज गीतमा अभिनय गर्नेले रातो साडी र चुरा लाउनैपर्छ । कतिले स्कटमै नाँचेको देख्दा दु:ख लाग्छ उनलाई ।


कार्यक्रमको लोभमा पुरुष आए


‘दिदी बहिनी’ शीर्षकमा ०४४ सालमा तीजको गीत निकालेका थिए कार्कीले । उनको शब्द र भाका संकलन रहेको उक्त एल्बम नेपालको पहिलो तीज गीत एल्बम थियो भने तत्कालीन समयका कोईली देवी, तारादेवि, भारती उपाध्याय, मिरा राणा लगायत एकसय जना महिलाले स्वर दिएका थिए ।


त्यसपछि पनि नीरन्तर शब्द र भाका संकलन गर्दै आएका कार्कीले पुरुषलाई गाउन लागाएका छैनन् अहिलेसम्म । पछिल्लो समय धेरै पुरुष गायक तीज गीतमा होमिएको देख्दा उनलाई लाग्छ ‘कार्यक्रम पाइन्छ भन्ने लोभमा पुरुषहरु तीज गीत गाउँछन्’ ।


बेलायतीले गाली गरे


०४४ सालमा उनले १४ महिना वेलायतमै बसेर बीबीसी नेपाली सेवामा काम गरे । त्यस विचमा नेपाली गीत संगीतसँग चासो राख्ने धेरै बेलायती एवं गैर बेलायती नागरिकसँग कुरा भयो उनको ।


एकजना बेलायती नागरिकले उनीसँग नेपाली तीज गीतको विषयमा लामै कुराकानी गरे । उनको भनाइको सार थियो ‘तीज महिलाहरुको पर्व हो र तीज गीतमा महिलाको मात्रै सहभागिता हुन्छ’ ।


ती बेलायती नागरिक १५ वर्षपछि नेपाल आए । तीज गीतकै विषयमा अनुसन्धान गर्न । उनलाई सम्पर्क गरे । पहिलो भेटमै उनले कार्कीलाई भने ‘तपाई त मान्छे कप्टी हुनुहुँदो रहेछ । तपाइले मलाई झुटो कुरा सुनाउनु भएको रहेछ ।


बहस लामै भयो । बेलायती नागरिकले आफ्नो अध्ययनको निष्कर्ष सुनाए । तीज गीत महिलाको मात्रै हैन रहेछ । पुरुषले गाएको पुरुषले नाँचेको दृष्टान्त पेश गरे । कार्कीले राम्रैसँग बुझाए ‘खासमा तीज गीत महिलाकै हुनु पथ्र्यो तर, पुरुष पनि आए’ ।



अहिलेकमा तीज गीत हेरेर मेरो आत्मा रुन्छ: बम बहादुर कार्की
Advertisements:

0 comments:

Post a Comment

Recent Posts