Subscribe Twitter FaceBook

Pages

Tuesday, July 19, 2016

युरोपको उत्कृष्ट खेलाडीको शीर्ष १० को मनोनयन सार्वजनिक, नेयमार परेनन्

Advertisements:

Best-Player-in-Europe


३ साउन, काठमाडौं । यूईएफए बेष्ट प्लेयर अवार्डको अन्तिम १० मनोनयन सार्वजनिक भएको छ ।


जसमा विश्वका टप फुटबलरहरु छन् । तर, प्रिमियर लिगका कुनै पनि खेलाडी शीर्ष १० मा पर्न सकेनन् । यो सूचीमा बार्सिलोनाका स्टार स्ट्राइकर नेइमार पनि पर्न असफल भएका छन् । उनी १९ औं नम्बरमा छन् ।


शीर्ष १० को मनोनयनमा ग्यारेथ बेल, बुफोन, एन्टोनी ग्रिजम्यान, टोनी क्रुस, लिओनल मेस्सी, थोमस मुलर, नुयर, पेपे, क्रिष्टियानो रोनाल्डो र लुइस स्वरेज परेका छन् ।


यूईएफएमा आवद्ध ५५ देशका खेल पत्रकारहरुको मतदानका आधारमा शीर्ष १० को सूची बनाइएको हो । उनीहरुलाई ३७ खेलाडीको सूची दिएर ५ जनालाई मतदान गर्न भनिएको थियो । जसमा पहिलोलाई ५, दोस्रोलाई चार गरी क्रमश नम्बर दिन भनिएको थियो ।


यस आधारमा लिसेस्टार रियाद मेहराज ११ र जेमी भर्डी १२ औं नम्बरमा परेका छन् भने दिमित्री पयेट १३, बोटेङ १३ औं र भिडान १४ औं नम्बरमा परेका छन् ।


जाल्टन इब्राहिमोभिच १८ औं नम्बरमा पर्दा फ्रान्सका पल पोग्बा र उत्तरी आयरल्याण्डका विल गि्रस समान २५ औं नम्बरमा छन् । पुछारमा जन ओब्लेक छन् ।


गत वर्ष यो अवार्ड मेस्सीले जितेका थिए । तर, यो पटक रोनाल्डोलाई प्रमुख दावेदारका रुपमा हेरिएको छ ।


अगष्ट ५ मा अन्तिम मनोनयनमा पर्ने ३ खेलाडीको नाम घोषणा हुनेछ भने २५ मा च्याम्पियन्स लिगको ड्र सार्वजनिक गर्ने क्रममा विजेता घोषणा हुनेछ ।



युरोपको उत्कृष्ट खेलाडीको शीर्ष १० को मनोनयन सार्वजनिक, नेयमार परेनन्
Advertisements:

0 comments:

Post a Comment

Recent Posts