Subscribe Twitter FaceBook

Pages

Tuesday, July 19, 2016

आतंकवादी आक्रमणको निसानाबाट जोगाउन विमानस्थलमा सेनाको निगरानी

Advertisements:

Nepal-Army४ साउन, काठमाडौं ।  विश्वका कतिपय शक्तिशाली राष्ट्रसमेत आतंकवादी आक्रमणको निसानामा परेपछि नेपाल प्रवेश गर्ने मुख्य नाकामा नेपाली सेनाको ‘एन्टो टेरोरिस्ट युनिट’ ले निगरानी थालेको छ ।


नेपाली सेनाले आतंककारीले विमान अपहरण गरिहालेमा कसरी यात्रुलाई सुरक्षित अवतरण गराउन सकिन्छ भन्नेमा समेत विमानस्थल परिसरमा सैन्य अभ्यास गर्न लागेको स्रोतले बताएको आजको अन्नपूर्णमा समाचार छ ।


टर्कीको इस्तानबुल विमानस्थल र पछिल्लोपटक बगंलादेशमा भएको आतंकवादी संजाल आईएसको आक्रमणपछि नेपाल प्रवेश गर्ने एकमात्र हवाईमार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नाकामा सेनाको विशेष सुरक्षा दस्ताले निगरानी थालेको हो । त्यसका लागि सेनाले नेपाल प्रहरीको विशेष व्यूरोको सहयोग लिएको छ ।


त्रिभुवन विमानस्थलको बाहिरी भाग को सुरक्षा गर्दै आएको सेनाले कतिपय ठूला मुलुकमा आतंकवादीले विमानस्थललाई निसान बनाउन थालेपछि विमानस्थलको भित्री सुरक्षा चासो राखेको हो ।


छिमेकी मुलुक भारत र अमेरिकाले समेत त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएपछि गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाको समन्वयमा नेपाली सेनाको युनटिले विमानस्थल र स्थलमार्ग हुँदै भारबाट नेपाल प्रवेश गर्ने नाकामा सेनाको विशेष सुरक्षा दस्ताले निगरानी थालेको हो ।



आतंकवादी आक्रमणको निसानाबाट जोगाउन विमानस्थलमा सेनाको निगरानी
Advertisements:

0 comments:

Post a Comment

Recent Posts