Subscribe Twitter FaceBook

Pages

Wednesday, July 20, 2016

गाईले बाली खाएको झोँकमा महिलालाई नांगै पारेर औँला काटियो

Advertisements:

knifeगाइवस्तुले पनि कहिलेकाहीँ ठूलै लफडा निम्त्याइदिन्छन् भन्या । गुरुप्रसाद मैनालीको छिमेकी कथा देखि लील बहादुर क्षेत्रको बसाइँ उपन्यासमा समेत वस्तुभाउले अर्काको बालीनाली खाइदिँदा कस्तो फसाद पर्छ ? भन्ने यथार्थ हामीले पढेकै छौँ ।


सायद गाउँमा हुर्किएर गाईवस्तु चराउन गएको अनुभव भएकाहरु अाफैले पनि भोग्नुभएको होला यो कुरा । हालै भारतमा एउटा गाईका कारण एक जना किसान महिलालाई नांगै पारेर औँला काटिएको छ ।


पश्चिम बंगालको मालदा जिल्लामा यो घटना भएको छ । नाम नखुलाईएकी एक महिला किसानले गत शनिवार बेलुकी आफ्नो गाईलाई छिमेकी हारुन शेखको खेत नजिकै लगेर बाँधेकी थिइन् । रातमा गाईले दाम्लो चुँडाएर हारुनको खेतमा छिर्यो र खेतमा रहेको बाली खाइदियो ।


गाईले बाली खाइदिएपछि रिसले आगो भएका हारुनले अरु साथीहरु समेत लिएर गाईलाई कुटपिट गरे । गाईका दुबै खुट्टा भाँचे । आफ्नो गाईलाई निर्ममता पूर्वक पिटेको देखेपछि गाई मालिक्नी महिलाले हारुन र उसका साथीहरुलाई रोक्ने कोसिस गरिन् । तर हारुन र उसका साथीहरुले उल्टै ती महिलालाई निर्वस्त्र पारेर कुटपिट गर्न सुरु गरे । पछि उनीहरुले ती महिलाको औँला समेत काटिदिए ।


आमालाई बचाउन आएको ती महिलाको छोरालाई पनि टाउकोमा गहिरो चोट लाग्ने गरी कुटे ।


पछि गाउँलेहरुले ती महिला र उनका छोरालाई उद्धार गरे । हारुन र उसका साथीहरु भागेर फरार भएपछि उनीहरु विरुद्ध स्थानीय पुलिस चौकीमा उजुरी दिइएको छ । महिला र उनका छोराको अस्पतालमा उपचार भैरहेको बताइएको छ ।



गाईले बाली खाएको झोँकमा महिलालाई नांगै पारेर औँला काटियो
Advertisements:

0 comments:

Post a Comment

Recent Posts