Subscribe Twitter FaceBook

Pages

Monday, July 18, 2016

नर्स हत्याको आरोपमा दुई पक्राउ

Advertisements:

३ साउन, काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित किष्ट पोलिकिल्निकमा एक नर्सको रहस्मय मृत्यु भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।


Nepal-Police-Crime-Divisionगत असार २८ गते नर्स निमा डोल्मा लामाको मृत्यु भएको थियो । २८ गते कोठमा झुण्डिएको अवस्थामा भेटिएको भनिएकी डोल्माको मृत्यु रहस्यमय देखिएपछि प्रहरीले पोलिकिल्निकमै कार्यरत उमेश कुमार शाह र अर्का एक देवकुमार शाहलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।


‘पक्राउ परेकाहरुले लामाले झुण्डिएर आत्माहत्याको प्रयास गर्दा आफुहरुले देखेपछि अस्पताल लगेको भन्ने बयान दिए पनि उनीहरुले नजिकैको अस्पताल नलगेर महारजगञ्जस्थित टिचिङ पुर्‍याएको देखिन्छ’ एसएसपी अधिकारीले भने, ‘त्यसमाथि उनीहरुले घटनाको बारेमा प्रहरीलाई पनि समयमै जानकारी गराएनन ।’ शव टिचिङ पुगे पछि त्यहाँका प्रहरीले ललितपुर प्रहरीलाई खबर गरे पछि मात्रै घटना सार्वजनिक भएको थियो ।


मृतकका आफन्तले पनि उमेश सिराहका उमेश शाह र देवकुमार शाहले नै डोल्माको हत्या गरेको किटानि जाहेरी दिएका छन ।


प्रहरीले उमेशलाई २८ गते नै पक्राउ गरेको थियो भने शाहलाई गत शनिबार पक्राउ गरेको हो । प्रहरीले दुवैलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पोष्टमार्टमको रिपोर्ट अझै आइनसकेकाले प्रहरीले हत्या वा आत्महत्याबारे निर्क्यौल गर्न सकेको छैन ।



नर्स हत्याको आरोपमा दुई पक्राउ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts