Subscribe Twitter FaceBook

Pages

Thursday, July 21, 2016

कांग्रेस-माओवादी बैठकः सबैभन्दा पहिले अविश्वास प्रस्तावमा छलफल

Advertisements:

५ साउन, काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्र अविश्वासको प्रस्तावलाई संसदमा सबैभन्दा पहिले छलफलको विषय बनाउनुपर्नेमा एकमत भएका छन् ।


sherbahadur and prachandaदुई दलका शीर्ष नेताहरुको बुधबारको संयुक्त बैठकले अविश्वासको प्रस्ताव अगाडि बजेटसँग सम्बन्धित विधेयकहरुलाई कार्यसूचीमा राख्न नदिने निर्णय गरेको हो । बजेटका आश्रित विधेयक र अविश्वासको प्रस्ताव दुबैलाई कार्यसूचीमा समेट्न भने दुबै दल सहमत भएका छन् ।


बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अविश्वासको प्रस्तावपछि बजेटसँग सम्बन्धित विधेयकहरुलाई कार्यसूचीमा राख्न तयार रहेको तर विधेयकहरु पहिला पारित गर्ने कुरा मान्य नहुने बताए । गत असार २९ गतेको कार्यसूचीमा रहेको विषय नै बिहीबारको संसद बैठकको कार्यसूचीमा राख्न सभामुखलाई आग्रह गर्ने निर्णय भएको उनले बताए ।


यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २९ गतेकै सेरोफेरोमा छलफल भएको जानकारी दिए ।


कांग्रेस र माओवादीले गत असार २९ गते संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्तावमाथि बिहीबारको संसद बैठकमा छलफल हुँदैछ ।


कांग्रेस र माओवादी दुबैले आफ्ना सांसदहरुलाई अनिवार्य संसद बैठकमा उपस्थित हुन र अविश्वास प्रस्तावको पक्षमा उभिन निर्देशन दिएका छन् ।



कांग्रेस-माओवादी बैठकः सबैभन्दा पहिले अविश्वास प्रस्तावमा छलफल
Advertisements:

0 comments:

Post a Comment

Recent Posts